पर्सामा थप २२ जनामा कोरोनाको सङ्क्रमण पुष्टि

 साउन २६, २०७७ सोमबार १२:४४:५५ | केसी लामिछाने
unn.prixa.net

पर्सा - पर्सामा २२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

हिजो ज्यान गुमाएकी महिलासहित २२ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो ।

वीरगञ्जको नारायणी अस्पतालको पीसीआर प्रयोशालाले आज सार्वजनिक गरेको विवरणअनुसार ज्यान गुमाएकी महिलासहित २२ जना कोरोना सङ्क्रमित थपिएका हुन् ।

सङ्क्रमित हुनेहरुमा १८ देखि ५० वर्ष उमेर समूहका छन्  । थपिएका सङ्क्रमितमा स्वास्थ्यकर्मी समेत रहेका छन् ।

आज थपिएकासहित पर्सामा अब १ हजार ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

अन्तिम अपडेट: चैत १, २०८०

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया