बाजुरामा बाढीले बगाउँदा एक जना बेपत्ता

 साउन २६, २०७७ सोमबार १४:५०:४१ | निमेन्द्र शाही
unn.prixa.net

बाजुरा – बडीमालिका नगरपालिका २ घाग्रकी आउँसी देवी महत बाढीले बगाउँदा बेपत्ता हुनुभएको छ । गौमुल गाउँपालिका र बडीमालिका नगरपालिकामा वर्षासँगै आएको बाढीमा परेर महत हराउनुभएको हो ।

बाढीले २७ घर बगाएको छ भने दुई सयभन्दा धेरै व्यक्ति विस्थापित भएका छन् । अहिले उद्धारको काम भइरहेको बाजुराका प्रहरी नायब उपरीक्षक (डीएसपी) टंकप्रसाद भट्टराईले बताउनुभयो । यस्तै वर्षासँगैको बाढीले एक बेलिब्रिज र पाँच वटा झोलुङ्गे पुलसमेत बगाएको छ ।

गएको वैशाखयताको चार महिनामा बाढी पहिरो र चट्याङमा परेर दुई सय ३९ जनाको ज्यान गइसकेको छ भने ५५ जना हराइरहेका छन् । 

अन्तिम अपडेट: चैत ३०, २०८०

निमेन्द्र शाही

बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया