सुनको भाउ घट्यो, चाँदीको भाउमा भने रेकर्ड

 साउन २७, २०७७ मंगलबार १०:५१:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ घटेको छ ।

सुनको भाउ आज तोलाको एक लाख एक हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

हिजो तोलामा २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको एक लाख दुई हजार ४ सय रुपैयाँमा थियो । लगातार उकालो लागेर तोलाको एक लाख ३ हजार ५ रुपैयाँसम्म पुगेको सुनको भाउ अस्ति आइतबारदेखि घट्न थालेको हो । 

अन्तर्राष्ट्रिय बजारमा भाउ अस्थिर हुँदा नेपालमा घटेको महासंघले जनाएको छ । सुनको भाउ घटे पनि चाँदीको भाउले भने रेकर्ड बनाएको छ । चाँदी आज तोलामा ४० रुपैयाँ बढेर तोलाको १४ सय ३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

 

अन्तिम अपडेट: भदौ ३, २०७७

तपाईको प्रतिक्रिया