काेराेना सङ्क्रमितकाे मृत्युपछि मटिहानी बजार सिल

 साउन २८, २०७७ बुधबार १३:४५:४३ | धनवीर महतो
unn.prixa.net

महाेत्तरी – महोत्तरीको मटिहानी बजार बुधबारदेखि सिल गरिएको छ । केही दिन अगाडि मटिहानी नगरपालिका ६ का कोरोना सङ्क्रमित ४५ वर्षीय पुरुषको उपचारको क्रममा गएकाे साेमबार मृत्यु भएपछि बजार क्षेत्र सिल गरिएकाे हो ।

मृतकको स्वाब परीक्षण रिपोर्ट पोजिटिभ आएकाले मटिहानी बजार क्षेत्र सिल गरिएको मटिहानी नगरपालिकाको कार्यालयले जनाएको छ । सर्वसाधारणलाई मृतकको घर आसपास आवत जावत नगर्न नगरपालिकाले अनुरोध गरेको छ ।

नगरप्रमुख हरिप्रसाद मण्डलका अनुसार मृतकको दाहसंस्कारमा सहभागी भएका ५६ जनाको स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गर्ने तयारी भइरहेको नगरप्रमुख मण्डलले बताउनुभयो ।  

अन्तिम अपडेट: चैत १५, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया