प्रियंकाले लुकाउन त खोजिन् तर लुकेन क्यामेराको अगाडि निकसँगको इन्गेज्मेन्टको औँठी

 साउन २१, २०७५ सोमबार २०:०:२० | एजेन्सी

बलिउड अभिनेत्री प्रियंका चोपडा अहिले आफ्नो प्रेम सम्बन्धका कारण चर्चामा रहेकी छिन् । केही दिन अघिमात्रै आफूभन्दा १० वर्ष कान्छा प्रेमी निक जोनससँग इन्गेज्मेन्ट गर्नकै लागि प्रियंकाले सलमान खानको फिल्म ‘भारत’ छोडिन् । 

यस विषयमा प्रियंका र उनकी आमा मधु चोपडाले केही नबोले पनि फिल्म छोडेपछि सलमान खान भने प्रियंकासँग रिसाएको बताइन्छ । केही दिनअघि मात्रै प्रियंका र निक सिंगापुरमा एकैसाथ भेटिएका थिए ।

त्यसपछि प्रियंका सोमबार बिहान दिल्ली आइपुगिन् । भीआईपी कक्षबाट बाहिरिनुभन्दा पहिले फोटोपत्रकारहरुको भिड लागिसकेको थियो । प्रिंयकाले मिडियाको भिड देखेपछि आफ्नो इन्गेज्मेन्टको औँठी फुकालेकी थिइन् । त्यसपछि उनले औँठी पेन्टको खल्तीमा राखिन् ।

प्रियंकाले औँठी फुकालेर लुकाउन त खोजिन् तर क्यामेरामा त्यो तस्बिर कैद भैसकेको थियो । अहिले त्यही तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया