आज पनि बढ्यो सुनचाँदीको भाउ

 साउन ३०, २०७७ शुक्रबार १०:३४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सुनचाँदीको भाउ आज पनि बढेको छ । 

सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९८ हजार ६० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति एकैदिन तोलामा ६ हजार २ सय रुपैयाँ घटेको सुनको भाउ हिजो भने २ हजार ४ सय रुपैयाँ बढेको थियो । त्यही भाउमा आज सुन तोलामा ८ सय रुपैयाँ महँगो भएको हो । 

यस्तै चाँदी आज तोलामा ६० रुपैयाँ बढेको छ । चाँदी आज तोलाको एक हजार ३ सय ५५ रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया