पत्रकार हुँ भन्दै ठगी गरेकाे आराेपमा एक जना पक्राउ

 साउन ३०, २०७७ शुक्रबार १६:४३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) को नाममा ठगी गर्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् । धादिङको नीलकण्ठ नगरपालिका १४ घर भइ काठमाण्डाैकाे तारकेश्वर नगरपालिका ११ नेपालटार बस्ने शङ्करप्रसाद अधिकारी पक्राउ परेका हुन् । 

एक व्यवसायीलाई अख्तियारमा मुद्दा परेको र मुद्दा सदर भइ सीआईबीमा पक्राउका लागि पत्राचारसमेत भएको भन्दै डर देखाएर ठगी गर्न खोजेको अधिकारीमाथि आरोप लागेको छ । उनले मुद्दा हेर्ने सीआईबीका इन्सपेक्टरलाई पाँच लाख रुपैयाँ दिएमा मुद्दा रद्द गरिदिने भनेर धम्क्याएको खुल्न आएको सीआईबीका उपनिर्देशक एवं प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताउनुभयो ।

अधिकारीलाई काठमाण्डाै महानगरपालिका ३ काे बसुन्धाराबाट पक्राउ गरिएको हो ।

आफूलाई आलोचना साप्ताहिकका पत्रकार बताउने अधिकारीले अरु व्यक्तिलाई पनि विभिन्न बहानामा ठगी गरेको हुन सक्ने भएकोले थप अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक पाण्डेले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया