सर्लाहीको हरिवन नगरपालिका १५ दिनका लागि सिल

 साउन ३०, २०७७ शुक्रबार १८:२५:३९ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – समुदायस्तरमै कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि सर्लाहीको हरिवन नगरपालिका सिल गरिएको छ । गएकाे साउन २६ गते चार सय ११ जनाको स्वाब परीक्षण गर्दा २२ जना स्थानीयमा कोरोना सङ्क्रमण पुष्टि भएपछि शुक्रबारदेखि १५ दिनका लागि नगर क्षेत्र पूर्णरुपले (सिल) बन्द गरिएको नगर प्रमुख गणेशप्रसाद प्रसाईंले जानकारी दिनुभयो । 

यसैबीच कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि लालबन्दी नगरपालिका भने गएकाे बुधबारदेखि नै सिल गरिएको  छ । एक सय ८६ जनाको स्वाब सङ्कलन गरेर परीक्षण गर्दा वडाध्यक्षसहित पाँच जनामा कोरोना भाइरस पोजेटिभ भएको रिपोर्ट आएकाे थियाे । त्यसपछि फेरि सङ्क्रमितका परिवार तथा कन्ट्याक्ट ट्रेसिङको आधारमा परीक्षण गर्दा शुक्रबार १८ जना नयाँ सङ्क्रमित थपिएको नगर प्रमुख मानबहादुर खड्काले जानकारी दिनुभयो । 

हरिवन नगरपालिका र लालबन्दी नगरपालिकाले नगर क्षेत्रमा औषधि पसलबाहेक अरु पसल तथा निजी तथा सार्वजनिक यातायात पूर्णरुपले बन्द गर्ने जनाएको छ । सर्लाही अहिलेसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आठ सय ९९ पुगेको छ भने दुई जनाको ज्यान गएको छ ।

 

अन्तिम अपडेट: चैत १४, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया