नयाँ नक्साकाे अङ्ग्रेजी संस्करण स्वीकृत

 साउन ३०, २०७७ शुक्रबार १८:५७:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालको नयाँ नक्साको अङ्ग्रेजी संस्करण स्वीकृत भएको छ । नापी विभागले तयार पारेको लिम्पियाधुरासहितको नक्साको अङ्ग्रेजी संस्करण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले स्वीकृत गर्नुभएको नापी विभागका सूचना अधिकारी दामोदर ढकालले जानकारी दिनुभयो । 

सरकारले नेपालको राजनीतिक तथा प्रशासनिक संरचना समेटिएको नेपालको नयाँ नक्साको नेपाली संस्करण गएको जेठ ५ गतेको निर्णयअनुसार जेठ ८ गते मन्त्री अर्यालले सार्वजनिक गर्नुभएको थियो । अङ्ग्रेजी संस्करणको नक्सा प्रकाशन भएसँगै संयुक्त राष्ट्र सङ्घ, कुटनीतिक नियोगलगायत अन्तर्राष्ट्रिय क्षेत्रमा पठाउनका निम्ति बाटो खुलेको सूचना अधिकारी ढकालले बताउनुभयो ।

अब परराष्ट्र मन्त्रालयमार्फत अन्तर्राष्ट्रिय समुदायमा नक्सा पठाइने विभागले जनाएको छ । 

लिम्पियाधुराभन्दा झण्डै ५० कोश पूर्वमा रहेको कालापानी क्षेत्रमा समेत भारतले आफ्नो सुरक्षाकर्मी राखेको छ । त्यस क्षेत्रमा नेपालको ३९ हजार पाँच सय हेक्टर भूमि अतिक्रमणमा परेको सीमाविद्हरू बताउँछन् । नेपालले जारी गरेको नक्साको विरोध गरे पनि सीमा क्षेत्रको समस्या समाधान गर्न भारतले चासो देखाएको छैन ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

1 Comments

  • Ramesh Prasad Bhattarai

    Aug. 14, 2020, 7:23 p.m.

    असल कार्यको सुरुवात।

  •  0 Reply

तपाईको प्रतिक्रिया