बालगायक सचिन परियारकाे निधन

 पुष १८, २०८१ बिहीबार १३:२३:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : सामाजिक सञ्जाल

काठमाण्डाै – बालगायक सचिन परियारको निधन भएको छ । गुल्मी घर भएका परियारको आज महाराजगञ्जको शिक्षण अस्पतालमा निधन भएको सचिनका बुबा तेजेन्द्र परियारले जानकारी दिनुभएको छ ।

१३ वर्षीय सचिनको अघिल्लो वर्षदेखि नै कम्मरभन्दा मुनिको भाग राम्रोसँग चल्दैनथ्यो । अस्पतालले निमाेनियाकाे कारण सचिनकाे ज्यान गएकाे जनाएकाे छ ।

गाउँले शैलीमा बोल्ने र गीत गाउने सचिन विशेष गरेर सामाजिक सञ्जालमा निकै लोकप्रिय थिए । उनले केही म्युजिक भिडियो र टेलिशृङ्खलामा अभिनयसमेत गरेका थिए । उनले ‘रातो रबर एक’ ‘रुमाल खस्छ कि’ ‘के छ र हजुर’ ‘वरको छायाले’ जस्ता गीत गाएका थिए । 

गुल्मीबाट पढाउन भनेर विभिन्न सङ्घ–संस्थाले सचिनलाई काठमाण्डौ ल्याएका थिए । उनको पढाइ र उपचारका लागि भनेर लाखौं रुपैयाँ उठेको थियो । तर त्यो पैसा सचिनको पढाइ  र उपचारमा नभई परिवारले फजुल खर्च गरेको भन्दै आलोचना पनि भएको थियो ।

अन्तिम अपडेट: पुस २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया