२५ बैंकको विवरण सार्वजनिक :  नाफा घट्यो

 साउन ३०, २०७७ शुक्रबार २१:२१:५६ | रासस
unn.prixa.net

काठमाण्डौ - चैत ११ गतेदेखि सरकारले कोरोनाको रोकथामका लागि गरेको लकडाउनका कारण देशको समग्र आर्थिक क्षेत्र नराम्ररी प्रभावित भएको छ । बैंक तथा वित्तीय संस्था पनि कोरोनाका कारण समस्यामा परेका छन् । 

आर्थिक वर्ष २०७६/०७७ मा अहिले सञ्चालनमा रहेका २७ वाणिज्य बैंकको नाफामा उल्लेख्य गिरावट देखिएको छ । सञ्चालनमा रहेका कृषि विकास बैंक र प्रभु बैंकबाहेक २५ ‘क’ वर्गका वाणिज्य बैंकले आव २०७६/०७७ को वार्षिक विवरण प्रकाशित गरेका छन् । उनीहरुले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार कोरोनाका कारण वाणिज्य बैंकको नाफामा समेत असर परेको छ । 

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीले वाणिज्य बैंकको नाफामा प्रत्यक्ष असर पारेको छ । बैंकहरुले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार आव २०७६/०७७ मा कुल  ५१ अर्ब १७ करोड रुपैयाँ बराबरको नाफा गरेका छन् ।  अघिल्लो आवमा ५७ अर्ब ४४ करोड रुपैयाँ नाफा गरेका थिए । 

अघिल्लो आवको तुलनामा गत आवमा बैंकहरुको नाफा झण्डै ११ प्रतिशतले घटेको छ । विवरणअनुसार बैंकको नाफा  ६ अर्ब २७ करोड रुपैयाँले घटेको हो । वित्तीय विवरण सार्वजनिक गरेका २५ वाणिज्य बैंकमध्ये कुल १८ बैंकको नाफा अघिल्लो आवको तुलनामा घटेको पाइएको छ । विवरणअनुसार सात वाणिज्य बैंकको नाफामा सामान्य वृद्धि भएको छ । 

आव २०७६/०७७ मा सबैभन्दा कम नाफा गर्ने बैंकमा सिभिल बैंक रहेको छ । यो बैंकको नाफा ३५ प्रतिशतले घटेको छ । नेपाल एसबीआई बैंकको नाफा ३३ दशमलव २२, कुमारी बैंकको शून्य दशमलव ३१ प्रतिशत छ । विवरणअनुसार माछापुच्छ्रे २६ दशमलव २२, सानिमाको २४ दशमलव ५६, सिटिजन्स बैंकको २३ दशमलव ७२, नेपाल इन्भेस्टमेन्ट २२ दशमलव ६३, बैंक अफ काठमाण्डौको २२ दशमलव २१ र नेपाल बङ्गलादेश बैंकको नाफा २० दशमलव ७५ प्रतिशतले घटेको छ ।

यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकको १८ दशमलव ५१, सनराइजको १८ दशमलव ३५, एभरेस्टको १८ दशमलव १४, नबिलको १५ दशमलव ८५ र राष्ट्रिय वाणिज्य बैंकको ११ दशमलव ७७ प्रतिशतले नाफामा गिरावट आएको छ । सिद्धार्थको ८ दशमलव २६, हिमालयनको आठ, नेपाल बैंकको १ दशमलव ५५ र कुमारी बैंकको शून्य दशमलव ३१ प्रतिशतले नाफा घटेको छ ।
त्यसैगरी  सेञ्चुरी बैंकले  ३३ दशमलव ९७, ग्लोबल आईएमईले ११, एनसिसीले १० दशमलव ७४, प्राइमले ४ दशमलव २७, एनआईसी एसियाले ३ दशमलव २४ र एनएमबी बैंकले ० दशमलव शून्य दशमलव ५९ प्रतिशत मात्रै नाफा गरेको शुक्रबार प्रकाशित विवरणमा समावेश छ । 

राष्ट्रिय वाणिज्य बैंकले  चार अर्ब ४५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । सिभिल बैंकले  ४५ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । नबिल बैंकले  तीन अर्ब ५६ करोड रुपैयाँ, एनआइसी एसिया बैंकले  तीन अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ ।

गएको वर्ष जनता बैंकलाई गाभेको ग्लोबल आइएमई बैंकले  तीन अर्ब आठ करोड रुपैयाँ कमाएको छ । यस्तै नेपाल इन्भेस्टमेन्ट बैंकले  दुई अर्ब ५७ करोड रुपैयाँ नाफा कमाएको छ । हिमालयन बैंकले  दुई अर्ब ५४ करोड रुपैयाँ नाफा गरेको छ । माछापुच्छ्रे बैंकले एक अर्ब २५ करोड, सानिमा बैंकले  एक अर्ब ७० करोड रुपैयाँ नाफा गरेको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया