कोरोनाले घटायो बैंकहरुको नाफा : कुन बैंकको कति ?

 साउन ३२, २०७७ आइतबार ८:४६:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरस सङ्क्रमणपछिको असर वाणिज्य बैंकहरुको नाफामा पनि देखिएको छ ।

गएको आर्थिक वर्षमा २७ वटा वाणिज्य बैंकको कुल खुद नाफा १२ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्षमा ती बैंकहरुको नाफा २५ प्रतिशत बढेको थियो । वाणिज्य बैंकहरुले वित्तीय विवरण सार्वजनिक गर्दै लकडाउनले असर पारेको जनाएका छन् । 

लकडाउनका बेलामा व्यापार व्यवसाय ठप्प भएपछि त्यसको असर बैंकमा पनि देखिएको हो । ऋणीले किस्ता र ब्याज समेत तिर्न पाएनन् ।

समयमा तिर्न नसकेपछि सरकारले मौद्रिक नीतिमार्फत ऋणको किस्ता र ब्याज तिर्ने समय सारेको छ । गएको आर्थिक वर्षको नाफा घट्ने बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल इन्भेस्टमेन्ट, सिद्धार्थ, स्ट्यान्डर्ड, नेपाल बैंक, सिद्धार्थ, एभरेष्ट, नेपाल बंगलादेश, हिमालय लगायतका वाणिज्य बैंक रहेका छन् । त्यस्तै प्रभु, कुमारी, ग्लोबल आइएमई, एनएमबी, प्राइम, एनआइसी एसिया तथा सेन्चुरी लगायतका बैंकहरुले नाफामा केही सुधार गरेका छन् । 

राष्ट्रिय वाणिज्य बैंकको नाफा ४ अर्बभन्दा माथि छ भने अरु ४ वटा बैंकको नाफा ३ अर्बभन्दा माथि छ । राष्ट्रिय वाणिज्य बैंक खुद नाफा कमाउने बैंकको पहिलोमा, नबिल दोस्रोमा, कृषि विकास बैंक तेस्रोमा, एनआईसी एसिया चौथोमा र ग्लोबल आईएमई बैंक पाँचौं नम्बरमा छन् । 

सेन्चुरी र सिभिलबाहेक सबै बैंकको खुद नाफा एक अर्ब रुपैयाँ भन्दा धेरै छ । सेन्चुरी बैंकको ९० करोड र सिभिलको ४५ करोडभन्दा बढी छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

1 Comments

  • Tek nath dahal

    Aug. 16, 2020, 11:50 a.m.

    Is it real or a type of advertisement ? Who judged them ?

  •  0 Reply

तपाईको प्रतिक्रिया