‘बेलायतको डाक्टर हुँ, नेपाल आएर बिहे गर्छु’ भनेर झण्डै ५० लाख रुपैयाँ ठग्ने व्यक्ति पक्राउ

 साउन ३२, २०७७ आइतबार १८:१६:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आफू बेलायतको डाक्टर भएको र नेपाल आएर बिहे गर्छु भन्दै झण्डै ५० लाख रुपैयाँ ठगी गर्ने एक अङ्गोलाका नागरिक पक्राउ परेका छन् । 

सामाजिक सञ्जालमा मार्की एरोन नाम गरेको व्यक्तिले नेपालकी एक युवतीलाई आफू लण्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर भएको र नेपाल आएर बिहे गर्छु भन्दै ठगेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । उनको असली नाम सिल्भा एन्टिनियो डी कोस्टा रहेको प्रहरीले जनाएको छ । 

उनले नयाँ वर्षको अवसरमा हिराको औँठी, सुनको सिक्री र दुई लाख ३० हजार पाउण्ड पठाएको र भन्सार छुटाउन भन्दै पटक–पटक गरेर ४८ लाख ५४ हजार रुपैयाँ ठगेको प्रहरीले जनाएको छ । उनले युवतीसँग सामान नेपाल आइपुगेको र भन्सार छुटाउन थप २० लाख रुपैयाँ चाहियो भनेर मागेपछि युवतीले प्रहरीलाई खबर गरेकी थिइन् । तर उनी त्यहाँबाट भागेपछि प्रहरीले ठमेलको एक होटलबाट पक्राउ गर्न सफल भएको हाे । 

उनले नक्कली नोट बनाउने गरेको पनि बुझिएको र नोट बनाउन प्रयोग हुने सामग्री पनि बरामद भएको अपराध महाशाखाका एसएसपी ईश्वर कार्कीले जानकारी दिनुभयो । उनी २०७६ सालको फागुनमा नेपाल आएका र ठगीको धन्दा सुरु गरेकाे प्रहरीको भनाइ छ । 
 
 

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया