जुम्लामा अनिश्चितकालीन निषेधाज्ञा

 भदौ १, २०७७ सोमबार ८:१८:१७ | नेत्र शाही
unn.prixa.net

जुम्ला - जुम्लामा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले गएराति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो ।

कोरोना सङ्क्रमण बढ्न नदिन र समुदायस्तरमा सङ्क्रमण फैलनबाट रोक्नका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो ।

यस्तै निषेधाज्ञा जारी गरिएको ठाउँमा कुनै पनि भेला नगर्न समेत निर्देशन गरिएको छ । कोरोनाको जोखिम बढेसँगै पार्टी, भेला, धार्मिक मेला पनि रोक लगाइएको छ । 

तीज नजिकिएकाले भिडभाड हुन सक्ने भन्दै त्यसलाई मध्यनजर गर्दै रोक लगाइएको हो । स्थानीय प्रशासन र पालिकाहरुले पटक-पटक सूचना जारी गर्दै धार्मिक मेला र भिडभाड नगर्न निर्देशन दिँदै आएका छन् ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया