शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
काठमाण्डौ - ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्री वर्षमान पुन अनन्तले नेपाल विद्युत् प्राधिकरण देशले गर्व गर्न लायक सार्वजनिक संस्थाका रुपमा स्थापित भएको बताउनुभएको छ ।
नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका मन्त्री पुनले पछिल्लो समय प्राधिकरणले आफूलाई नाफामुखी मात्र नभइ सेवामुखी संस्थाका रुपमा स्थापित गर्न सकेकामा खुसी व्यक्त गर्नुभयो ।
प्राधिकरणको चुस्त र सुदृढ व्यवस्थापन एवं कार्यक्षमता सुधारका कारण इतिहासमै सबैभन्दा बढी सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको उहाँले बताउनुभयो ।
घरेलु ग्राहकको विद्युत महसुल घटाउन सफल भएको तथा मासिक १० युनिटभन्दा कम विद्युत् खपत गर्ने करिब ८ लाख विपन्न ग्राहकलाई पूर्ण रुपमा विद्युत महसुलमा छुट दिइएको मन्त्री पुनले स्पष्ट गर्नुभयो ।
सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेट तथा नीति कार्यक्रममार्फत मासिक १० युनिटभन्दा कम विद्युत खपत गर्ने ग्राहकलाई निःशुल्क विद्युत उपलब्ध गराउने घोषणा गरेको छ ।
‘विद्युत महसुल दरमा वृद्धि नगरिकन चुस्त र सुदृढ व्यवस्थापन एवं कार्यक्षमतामा सुधार ल्याई प्राधिकरण आफ्नो इतिहासमा सबैभन्दा बढी सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ’, मन्त्री पुनले भन्नुभयो ।
सन्देशमा मन्त्री पुनले प्राधिकरणले ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्रालयको योजना तथा नीतिहरुलाई आफ्नो केन्द्रीय योजना तथा सञ्चालन प्रक्रियामा समावेश गरेर कार्यान्वयन गरी नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा सहयोग पुर्याएकाे उल्लेख गर्नुभएको छ ।
मन्त्रालय, विद्युत नियमन आयोग र नेपाल विद्युत प्राधिकरण बीचको एकता र समन्वयबाट विद्युत आपूर्ति वृद्धि गर्न एवं स्वदेशमा उत्पादित विद्युत हरेक घरधुरी र व्यापार व्यवसायका लागि सुलभ दरमा उपलब्ध गराउने प्रतिबद्धता मन्त्री पुनको छ ।
मन्त्री पुनले प्राविधिक तथा व्यापारिक चुहावट न्यूनीकरण र प्रसारण तथा वितरण प्रणालीमा सुधारका कारण हाल नियमित विद्युत आपूर्ति सुनिश्चित गर्न सकिएको उल्लेख गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
बाबु राम श्रेष्ठ
Aug. 17, 2020, 2:37 p.m.यो कामको जस त सबै कुलमान घिसिङ्गलाई हो, अर्को कार्यकाल पनि थप गर्नु पर्छ /राम्रोलाई आगमन नराम्रोलाई बहिर्गमन गर्ने नियम हुनु पर्छ /