संघीय संसदमा बजेट भाषण सुरु (लाइभ)

 जेठ १५, २०७५ मंगलबार १६:१९:२८ | उज्यालो सहकर्मी

काठमाडौं, जेठ १५ – संघीय संसदमा बजेट भाषण सुरु भएको छ । 

अर्थमन्त्री डा. युवराज खतिवडाले अहिले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा राजस्व र व्ययको अनुमान पेश गर्दै हुनुहुन्छ । 

देश संघीयतामा गएपछि सरकारले राजश्व असुलीको महत्वाकांक्षी लक्ष्य राखेर पहिलोपटक पूर्ण आकारको संघीय बजेट प्रस्तुत गरेको हो । 

संविधानअनुसार केन्द्र, प्रदेश र स्थानीय तहले भिन्दाभिन्दै मितिमा बजेट ल्याउनुपर्ने नीतिगत व्यवस्था छ । यसअनुसार जेठ १५ मा केन्द्रीय बजेट, असार १ मा प्रदेशको बजेट र असार १५ मा स्थानीय तहको बजेट सार्वजनिक हुनेछ ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया