पाल्पाको रामपुरमा भदौ १२ सम्म लकडाउन

 भदौ १, २०७७ सोमबार २१:४७:४३ | देव पचभैया
unn.prixa.net

पाल्पा - पाल्पाको रामपुर नगरपालिकामा १० दिनका लागि लकडाउन घोषणा गरिएको छ । नगरपालिकाको बैठकले मङ्गलबार राति १२ बजेदेखि भदौ १२ गते सम्मको लागि लकडाउन गर्ने निर्णय गरेको हो ।  

नगरपालिकामा यातायात तथा बजार खुला भएपछि भिडभाड बढेको, भारत तथा तेस्रो देशबाट घर फर्किनेको सङ्ख्या थपिँद गएकाले कोरोना सङ्क्रमणको जोखिम बढेपछि नगरभित्र लकडाउन गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ । 

लकडाउन अवधिमा अत्यावश्यक सेवा- औषधि, तरकारी र दुग्धजन्य  पसलह बिहान ५ बजेदेखि ९ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म खुला रहने जनाइएको छ । 

बैंक तथा वित्तीय संस्था पनि बिहान ११ देखि दिउँसो १ बजेसम्म खुला हुनेछन् । यसैगरी एम्बुलेन्स बाहेकका सवारी सञ्चालनमा रोक लगाइएको छ ।

रामपुर  नगरभित्र एक सय १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएप उनीहरु सबै निको भएर घर फर्किसकेका छन् ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

1 Comments

  • Fajil alam

    Aug. 18, 2020, 12:27 a.m.

    नेपाल भरि कै खबर /

  •  0 Reply

तपाईको प्रतिक्रिया