सरकारको आम्दानी साढे ६९ अर्ब, खर्च दुई अर्ब १४ करोड रुपैयाँ

 भदौ ३, २०७७ बुधबार १५:११:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चालु आर्थिक वर्षको ३५ दिनमा सरकारले ६१ अर्ब ३७ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार साउन एक गतेदेखि बुधबार ३ गतेसम्म ६१ अर्ब ३७ करोड रुपैयाँ राजस्व सङ्कलन र अन्य शीर्षकमा आठ अर्ब १२ करोड रुपैयाँ आम्दानी भएको छ । समग्रमा ३५ दिनमा ६९ अर्ब ५० करोड रुपैयाँ आम्दानी भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । 

सरकारले चालु आर्थिक वर्षको लागि आठ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखेको छ । तर प्रदेश र पालिकाको एक खर्ब २२ अर्ब रुपैयाँसमेत जोड्दा सरकारको कुल राजस्वकाे लक्ष्य १० खर्ब ११ अर्ब ७५ करोड रुपैयाँ हुन आउँछ । 

यस्तै सरकारले चालु आर्थिक वर्षमा ६० अर्ब ५२ करोड रुपैयाँ अनुदान प्राप्त गर्ने लक्ष्य राखेको छ । महालेखाका अनुसार अहिलेसम्म कुनै पनि अनुदान प्राप्त भइसकेको छैन  । 

दुई अर्ब १४ करोड खर्च 

३५ दिनसम्ममा सरकारले दुई अर्ब १४ करोड रुपैयाँ खर्च गरेको छ । चालुतर्फ एक अर्ब ८९ करोड र र पुँजिगततर्फ १३ करोड ३३ लाख रुपैयाँ खर्च भएको छ । वित्तीय व्यवस्थातर्फ ११ करोड ७५ लाख रुपैयाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

सरकारले चालुतर्फ नाै खर्ब ४८ अर्ब, पुँजिगततर्फ तीन खर्ब ५२ अर्ब ९१ करोड र वित्तीय व्यवस्थातर्फ एक खर्ब ७२ अर्ब ७९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 

सरकारको खर्च र आम्दानीको दैनिक विवरण सार्वजनिक गर्दै आएको महालेखा नियन्त्रकको कार्यालयले चालु आर्थिक वर्षदेखि दैनिक विवरण सार्वजनिक गर्न छाडेको थियो । तर आलोचना भएपछि कार्यालयले फेरि दैनिक विवरण सार्वजनिक गर्न थालेको हो ।  

अन्तिम अपडेट: माघ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया