पाल्पामा भोलिदेखि एक हप्ताका लागि निषेधाज्ञा

 भदौ ४, २०७७ बिहिबार २१:२:२० | देव पचभैया
unn.prixa.net

पाल्पा – पाल्पामा शुक्रबार रातिदेखि लागू हुने गरी एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ । 

बिहीबार साँझ बसेको जिल्लास्तरीय बैठकपछि भाद्र ५ गते शुक्रबार राति १२ बजेदेखि १२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

सरकारले स्थानीयस्तरमा कोरोना सङ्क्रमणको अवस्था हेरेर निषेधाज्ञा र कफ्र्यु लगाउने अधिकार प्रजिअलाई दिएपछि पाल्पामा पनि निषेधाज्ञा जारी गरिएको हो । 

पाल्पाको रामपुरमा नगरपालिकामा भने गएको मङ्गलबारदेखि नै भदौ १२ गतेसम्मका लागि लकडाउन गरिएको छ  । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया