मिथिलाञ्चलको घर-घरमा चौठचन्द्र पर्व मनाइँदै

 भदौ ६, २०७७ शनिबार १०:७:१० | धनवीर महतो
unn.prixa.net

महोत्तरी​ - मिथिलाञ्चलको घर-घरमा शनिबार साँझ चौठचन्द पर्व मनाइँदैछ । भाद्र शुक्लपक्षको चौथी तिथिका दिन मनाइने यो पर्व मिथिलाञ्चलमा महानपर्व छठपछिको दोस्रो ठूलो पर्वको रुपमा मनाउने गर्दछन् ।

चौठचन्द पर्वका दिन व्रतालु निराहार व्रत बसी साँझको समयमा भगवान गणेश र चन्द्रमालाई खीर, पुरी, फलफूल प्रसादको रुपमा अर्पण गरिन्छ । 

पर्वकै अवसरमा आँगनमा पूजा हुने भएकाले चामलको पिठोको कलात्मक अरिपन बनाई त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ ।

यस क्रममा नयाँ माटोको भाँडोको दही, केरा, मिठाई, फलफूलका साथै विभिन्न प्रकारका पकवान राखेर विभिन्न देवी-देवतालाई चढाइने गरिन्छ ।

दिनमा प्रसाद बनाउने र बेलुका पूजा गर्ने भएकाले अहिले घर-घरमा महिला प्रसाद तयार बनाउन व्यस्त छन् । मिथिलाञ्चलमा आजको दिन लोकपर्व चौठचन्द मनाउने क्रममा गणेश र चन्द्रमाको कथा सुन्ने समेत परम्परा रही आएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया