बाजुरामा बाढीले बगाएको काठे पुल बनाउन जनप्रतिनिधि आफैँ जुटे

 भदौ ६, २०७७ शनिबार १८:३१:१४ | निमेन्द्र शाही
unn.prixa.net

बाजुरा – बाजुरामा बाढीले बगाएको काठे पुल बनाउन जनप्रतिनिधि आफैँ जुटेका छन् ।

गएको साउन २५ गते आएको बाढीका कारण पुल बगाउँदा एक गाउँबाट अर्को गाउँमा आवतजावत नै बन्द भएको थियाे । अहिले पुल बगाएको ठाउँ बुढिनन्दा नगरपालिका–२ धोपेगाडमा काठे पुल हालिएको छ ।

सुदूरपश्चिम प्रदेश सांसद वल्देव रेग्मी, बुढिनन्दा नगरपालिकाका नगरप्रमुख पदमकुमार गिरी, नेकपा जिल्ला कमिटी सचिवालय सदस्य भरत बिक, बुढिनन्दा नगरपालिका वडा नं चारका वडाअध्यक्ष राजनकुमार रोकाया लगायत स्थानियबासीको सक्रियतामा खोलामा पुल हालिएको वडाअध्यक्ष राजनकुमार रोकायाले जानकारी दिनुभयो ।

खोलामा काठेपुल बगाउँदा कोल्टी, र्मातडी, पाण्डुसैन, बिर्सैन र छातिकोट लगायतका ठाँउका आवतजावतमा समस्या भएको थियो ।

अन्तिम अपडेट: चैत ११, २०८०

निमेन्द्र शाही

बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया