बोक्सी आरोपमा महिलामाथि कुटपिट, आरोपित राजनीतिक दबाबमा छुटे

 भदौ ६, २०७७ शनिबार १९:३२:६ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – महोत्तरीको सम्सी गाउँपालिका – ७ जावद टोलमा एक महिलामाथि बोक्सी आरोपमा कुटपिट भएको छ । स्थानीय दिनेश यादव लगायत उनका छोराहरु कृष्ण यादव, आशिक यादव, आमा सुजियादेवी लगायतले महिलालाई कुटपिट गरेको स्थानीयबासीले बताएका छन् ।

घाइते महिलाको जनकपुरमा रहेको जानकी हेल्थ केयरमा उपचार भइरहेको पीडित महिलाका छोरा सञ्जय यादवले बताउनुभयो ।

यसैबीच, बाेक्सी आरोप लगाउँदै कुटपिटमा संलग्न रहेको आरोपमा पक्राउ परेका कृष्ण यादव प्रहरीको हिरासतबाट छुटेका छन् । बुवा दिनेश यादवले प्रहरीलाई राजनीतिक दबाब दिएर कृष्णलाई छुटाएको स्थानीयबासीकाे भनाइ छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया