ऋषिपञ्चमीका अवसरमा नुहाउन गएका तीन बालिका बाग्मतीमा बेपत्ता

 भदौ ७, २०७७ आइतबार १६:२७:३२ | रासस
unn.prixa.net

राैतहट – नुहाउन गएका तीन बालिका गढीमाई नगरपालिका वडा नम्बर ७ धरमपुरघाटस्थित बाग्मती नदीमा आज बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा धरमपुर टोल बस्ने भदई मुखियाकी १० वर्षीया छोरी पिंकुकुमारी, लछुमन दासकी १२ वर्षीया छोरी सुशीलाकुमारी र छट्टु मुखियाकी १० वर्षीया छोरी चञ्चलकुमारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविराज खड्काले बताउनुभयो ।

ऋषिपञ्चमीका अवसरमा बिहान करीब १० बजे टोलका अन्य महिलासँग नुहाउन गएका बालिकाहरु नुहाउँदा नुहाउँदै अचानक बेपत्ता भएको स्थानीयवासी महिलाले बताएका छन् ।

घटनाको खबर आएपछि इलाका प्रहरी कार्यालय समनपुरका प्रहरी नायब निरीक्षक क्षेत्रबहादुर बरुवालको नेतृत्वमा गएको प्रहरी तथा सशस्त्र बेश क्याम्प समनपुरको प्रहरी टोली घटनास्थलमा पुगेर खोजतलास शुरु गरेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभयो । अन्य दिनका तुलनामा आज पानीको बहाव तीव्र रहेको रौतहट प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया