खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
चितवन – चितवन राष्ट्रिय निकुञ्जका मरेका हात्तीमा क्षयरोगको जीवाणु देखिएपछि जिउँदो हात्तीको पनि परीक्षण सुरु भएको छ ।
सौरहाका हात्तीमा क्षयरोग परीक्षणका लागि नमुना सङ्कलनको काम साेमबारदेखि सुरु गरेको निकुञ्जका वरिष्ठ पशु चिकित्सक विजय श्रेष्ठले बताउनुभयो ।
हात्तीको नमुना सङ्कलन गर्न चारदेखि पाँच दिन लाग्ने निकुञ्जले जनाएको छ । निकुञ्जमा अहिले ५९ हात्ती रहेका छन् । सन् २००२ यता क्षयरोगका कारण निकुञ्जका १५ वटा हात्ती मरेका छन् । यो अवधिमा अन्य कारणसहित २५ हात्ती मरेको तथ्याङ्क छ ।
हात्तीमा पहिलो पटक सन् २००२ मा क्षयरोग देखिएको थियो । त्यतिबेलाको सङ्क्रमण सन् २०१६ सम्म जारी नै रह्यो । त्यतिबेला निकुञ्जका १७, निजी ४१ र राष्ट्रिय प्रकृति संरक्षण कोषका दुई हात्तीमा क्षयरोग देखिएको थियो ।
त्यसपछिका केही वर्ष सङ्क्रमण नदेखिए पनि सन् २०१८ यता क्षयरोगका कारण चार हात्ती मरेको अनुमान छ । गएको साउन १९ गते मरेको दीपेन्द्रगजमा क्षयरोगको सङ्क्रमण पुष्टि भएको थियो । यसअघि मरेका तीन हात्तीको पोस्टमार्टमका क्रममा फोक्सोमा समस्या देखिएकाले क्षयरोगको सङ्क्रमण भएको अनुमान गरिएको थियो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले क्षयरोग परीक्षणको काम तत्काल सुरु गर्न लागिएको जानकारी दिनुभयो । क्षयरोग देखिएमा उपचार गरेर हात्तीलाई निको पार्न सकिने भएकाले सबै हात्तीको परीक्षण गरिने उहाँको भनाइ छ ।
निकुञ्जका हात्ती विभिन्न पोस्टमा सुरक्षाका लागि राखिएका छन् भने निजी हात्ती पर्यटक बोक्नका लागि होटलले प्रयोग गर्दै आएका छन् । निकुञ्ज हात्ती सफारीका लागि अन्तर्राष्ट्रिय रुपमा प्रख्यात छ ।
यहाँ सामुदायिक वनमा निजी हात्तीमा पर्यटकलाई घुमाउने गरिन्छ । हात्ती चढेर दुर्लभ वन्यजन्तु हेर्न पर्यटक रुचाउँछन् । हात्तीमा क्षयरोग देखिएमा उपचार गर्न लामो समय लाग्ने र खर्चिलो हुने चिकित्सक बताउँछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।