निषेधाज्ञामा सुनसान काठमाण्डौका सडक र नाका (फोटो फिचर)

 भदौ ९, २०७७ मंगलबार ६:१८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बिहीबारदेखि काठमाण्डौका सडक सुनसान छन् । मान्छे हिँडेका छैनन् । गाडी कम मात्रै चलेका छन् । काठमाण्डौ छिर्ने नाकामा चहलपहल ह्वात्तै घटेको छ । खाद्यान्न, तरकारी, औषधी लगायतका अत्यावश्यक सामान बोक्ने गाडी र एम्बुलेन्स मात्रै चलेका छन् ।

कोटेश्वर–भक्तपुर सडक

कोरोनाको सङ्क्रमण बढ्दै गएपछि काठमाण्डौ उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा लागेपछि गाडीको ओहोरदोहोर घटेको हो । काठमाण्डौ छिर्ने मुख्य नाका नागढुंगा र अर्को नाका साँगाबाट भित्रिने र बाहिरिनेको संख्या पाँच गुणाले घटेको छ ।

 ग्वार्काे–कोटेश्वर सडक

ट्राफिक प्रहरीका अनुसार निषेधाज्ञाअघि साँगाबाट दैनिक झण्डै ५ सय गाडी भित्रिन्थे र त्यति नै संख्यामा बाहिरिन्थे । तर निषेधाज्ञा सुरु भएपछि मुश्किलले दैनिक १ सय वटा गाडी मात्रै भित्रिने र बाहिरिने गरेका छन् । यस्तै मुख्य नाका नागढुंगामा अहिले दैनिक डेढ सयदेखि दुई सयसम्म गाडी भित्रिने र त्यति नै संख्यामा बाहिरिने गरेको छ । निषेधाज्ञाअघि दैनिक एक हजारदेखि १२ सयसम्म गाडी भित्रिने र त्यति नै संख्यामा बाहिरिने गर्थे ।

साँगा चेकपोष्टमा खटिएको एक प्रहरी

तरकारी र खाद्यान्न बोकेका गाडीका कारण बिहानपख नाकामा केही चहलपहल भए पनि दिउँसो भने सुनसान जस्तै हुन्छ । दिउँसोपख एम्बुलेन्स, प्रेस र अरु अत्यावश्यक सेवाका गाडी मात्रै फाट्टफुट्ट चलेका छन् । लकडाउनको बेलामा भन्दा पनि अहिले निषेधाज्ञाको बेला काठमाण्डौका सडक र नाका बढी सुनसान देखिएका छन् ।

साँगा चेकपोष्ट

साँगा चेकपोष्टमा गाडी जाँच गर्दै प्रहरीहरु 

साँगा चेकपोष्टमा एम्बुलेन्स जाँच गर्दै प्रहरी

साँगा चेकपोष्टमा ट्याक्सी जाँच गर्दै ट्राफिक प्रहरी

साँगा चेकपोष्टमा गाडी जाँच गर्दै प्रहरीहरु 

भक्तपुर–कोटेश्वर सडक

थापाथली सडक

टेकु सडक

खुला देखिएको कलंकी सडक

खुला देखिएको कलंकी–नागढुङ्गा सडक

नागढुङ्गा चेकपोष्टमा गाडी जाँच गर्दै ट्राफिक प्रहरी

नागढुङ्गा चेकपोष्टमा एम्बुलेन्स जाँच गर्दै प्रहरी

नागढुङ्गा चेकपोष्टमा एम्बुलेन्स जाँच गर्दै प्रहरी

नागढुङ्गा चेकपोष्टमा गाडी जाँच गर्दै प्रहरी

नागढुङ्गा चेकपोष्टमा आउने जाने गाडीको रेकर्ड राख्दै प्रहरी

कलंकी–बल्खु सडक

कलंकी–बल्खु सडक

तस्बिर : विकास तामाङ

अन्तिम अपडेट: मंसिर १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया