खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
बाग्लुङ – लगातार पानी परेपछि बाग्लुङ नगरपालिकाको तित्याङ हुँदै भकुण्डे रायडाँडा जाने सडक महिना दिनदेखि बन्द भएको छ । गएकाे साउन १ गते बागलुङ नगरपालिका ९ तित्याङको बुकेनीमा पहिरो गएपछि साविकका तीन गाविस जोड्ने सडक अवरुद्ध भएको तित्याङका राजु केसीले गुनासो गर्नुभयो ।
पूर्वाधार निर्माण विना सडक सञ्चालनमा नआउने बाग्लुङ नगरपालिका ९ काे तित्याङका वडाध्यक्ष गणेश थापाले जानकारी दिनुभयो । यो सडकको बैरेनी गैरा र बाग्लुङ नगरपालिका ३ काे काठेखोलामा समेत ठूलो पहिरो गएको उहाँले बताउनुभयो ।
भिरालो जमिन भएका कारण वैकल्पिक सडक निर्माण गर्नसमेत समस्या भएको बागलुङ नगरपालिकाले जनाएको छ । वडा कार्यालयले सडकलाई पुरानै अवस्थामा ल्याउन एक करोड रुपैयाँ खर्च हुने बताएको छ । गण्डकी प्रदेश सरकारलाई सडक निर्माणको लागि रकम माग गरिएको वडाध्यक्ष थापाले जानकारी दिनुभयो ।
बाग्लुङ नगरपालिकाको डोजरले पहिरो पन्छाउन र नयाँ ट्रयाक खोल्न खोजे पनि अहिलेसम्म सम्भव नदेखिएको नगर प्रमुख जनकराज पौडेलले बताउनुभयो । पहिराेका कारण बाटो बन्द हुँदा खाद्यान्न ढुवानी गर्न र बिरामीलाई अस्पताल ल्याउनसमेत समस्या भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।