जुम्लामा चट्याङले ५ सय बढी भेडा मरे

 भदौ ९, २०७७ मंगलबार १४:३१:३ | नेत्र शाही
unn.prixa.net

जुम्लामा चट्याङले मरेका भेडा । तस्बिर:  नेत्र शाही, जुम्ला

जुम्ला – जुम्लामा चट्याङ लागेर पाँच सय बढी भेडा मरेका छन् । पातारासी गाउँपालिका ४ को जाजुल्लेमा रहेको ढाँणखर्क सामुदायिक वनमा चट्याङले पाँच सय बढी भेडा मरेको भेटरिनरी तथा पशु अस्पताल जुम्लाका प्रमुख गोविन्द महतले जानकारी दिनुभयो । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाका अनुसार पशु तथा भेटेरिनरी शाखाका प्राविधिक हरि कामीसहितको टोली घटनास्थलमा गएको छ । पाँच सय बढी भेडा मरेको जानकारी प्राप्त भएको र विस्तृत विवरण आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । 

विवरण आएपछि क्षतिपूर्तिका लागि कर्णाली प्रदेश सरकार र सङ्घीय सरकारलाई पत्र पठाइने भेटेरिनरी कार्यालयले जनाएको छ । मङ्गलबार बेलुकीसम्म विवरण उनले पालिकाले जानकारी दिएको छ । 

एकैपटक धेरै भेडा मर्दा किसानलाई ठूलो क्षति पुगेकोले सरोकारवाला निकायले क्षतिपूर्तिका लागि पहल गर्नुपर्ने जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले जानकारी दिनुभयो । 

यसैगरी गएको वर्ष पनि चट्याङले तिला गाउँपालिका ६ को सुडीका किसानका दुई सय ५० भेडा मरेका थिए । 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया