बाेक्सी आराेपमा कुटिएकी महिलाकाे पक्षबाट उजुरी अझै दर्ता हुन सकेन, पीडित बिरामी अवस्थामै

 भदौ ९, २०७७ मंगलबार २०:१४:४१ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – महोत्तरीको सम्सी गाउँपालिकामा बोक्सीको आरोपमा कुटिएकी महिलाको उजुरी अझ दर्ता हुन सकेको छैन । 

घटना भएको पाँच दिन बितिसक्दा पनि पीडितको पक्षबाट उजुरी दर्ता हुन नसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरी कार्यालयमा उजुरी दर्ता हुन नसकेकै कारण मुद्दा प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

घटनामा संलग्न हुनेलाई कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाएर छाड्ने वडाध्यक्ष मदन यादवले बताए पनि अहिलेसम्म मुद्दा दर्ता हुन सकेको छैन । जनप्रतिनिधिले नै बोक्सीको आरोप लगाउँदै महिला कुटपिट गरेको भन्दै स्थानीयले विरोध गरेका छन् ।

अहिलेसम्म पीडितको पक्षबाट उजुरी नआएको महोत्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश विष्टले बताउनुभयो । पीडित बिरामी अवस्थामा रहेकोले उजुरी दिन नसकेको उहाँले जानकारी दिनुभयो ।  

कुटपिट घटनामा संलग्न रहेको आरोपमा कृष्ण यादवलाई  जिल्ला प्रहरी कार्यालय महोत्तरीले नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको डीएसपी विष्टले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया