नेपालको बिजुली बङ्गलादेशमा निर्यात शुरू
कात्तिक ३०, २०८१ शुक्रबार
कैलाली – सेती प्रादेशिक अस्पतालमा एक जना कोरोना भाइरसका सङ्क्रमितको ज्यान गएको छ । कोरोनाको सङ्क्रमण पुष्टि भइ सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीको गोदावरी नगरपालिका ११ का ४५ वर्षीय पुरुषको ज्यान गएको हो ।
फोक्सो र कलेजोसम्बन्धी रोगका बिरामी पुरुषको भेन्टिलेटरमा राखेर उपचार भइरहेको क्रममा ज्यान गएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
सेती प्रादेशिक अस्पतालको आइसोलेशनमा २० जना कोरोना सङ्क्रमितको उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।