वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्...
बैशाख १४, २०८१ शुक्रबार
दाङ - दाङको इलाका प्रशासन कार्यालय तुलसीपुर र स्वास्थ्य चौकी सिल गरिएको छ ।
तुलसीपुर इलाका प्रशासन कार्यालयका चालकमा कोरोना सङ्क्रमण पुष्टि भएकाले सात दिनसम्म कार्यालय सिल गरिएको नगर प्रमुख घनश्याम पाण्डेयले जानकारी दिनुभयो ।
यस्तै तुलसीपुर उपमहानगरपालिका ११ को बेलटाकुरामा रहेको स्वास्थ्य चौकी पनि सिल गरिएको छ । स्वास्थ्य चौकीका कर्मचारीमा पनि कोरोना देखिएपछि कार्यालय सिल गरिएको प्रमुख पाण्डेयले जानकारी दिनुभयो ।
समुदायस्तरमा कोरोना रिपोर्ट पोजेटिभ आएपछि तुलसीपुर उपमहानगरपालिकाको बुधबार बेलुकी बसेको आपत्कालीन बैठकले तत्काल कोरोना परीक्षणको दायरा बढाउने निर्णय गरेको छ ।
नगरप्रमुख पाण्डेले समुदायमा कोरोना परीक्षणको तत्काल प्रक्रिया अगाडि बढाइएको उल्लेख गर्दै सङ्क्रमणको अवस्था हेरेर लकडाउनको अवस्थामा हेरेफेर गरिने जानकारी दिनुभयो ।
उहाँँले सङ्क्रमणको जोखिम भएकाले अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन अपिल गर्नुभएको छ ।
बुधबार मात्रै तुलसीपुरका सात जनासहित दाङका १६ जनामा कोरोना पुष्टि भएको छ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।