बारामा कोरोना संक्रमित गर्भवतीसहित दुई जनाको मृत्यु

 भदौ ११, २०७७ बिहिबार १०:२४:२६ | केसी लामिछाने
unn.prixa.net

बारा - बारामा कोरोना सङ्क्रमित गर्भवतीसहित दुई जनाको ज्यान गएको छ । 

बाराको हर्दिया -४ की २३ वर्षकी गर्भवतीलाई वीरगञ्जको नारायणी अस्पतालको आइसोलेशनमा भर्ना गरिएको थियो । 

उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि उनलाई गएको सोमबार अस्पताल भर्ना गरिएको थियो । भर्ना पश्चात उनमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि अस्पतालको पीसीआर प्रयोगशालामा उनको स्वाब परीक्षण गरिएको र रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । 

यस्तै नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका पर्साको धोवीनी गाउँपालिकाका ७२ वर्षका पुरुषको गएराति ज्यान गएको छ । उनमा निमोनियाको समस्या थियो । उनको पीसीआर परीक्षण पाेजेटिभ आएपछि कोभिड अस्पतालमा सार्ने तयारी गर्दा ज्यान गएको अस्पतालले जनाएको छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार कोभिड संक्रमण पुष्टि भएपछि आफन्तले उनलाई अस्पतालमै छाडेका थिए ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया