अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
रुपन्देही– बुटवलमा रहेको कोरोना विशेष अस्पतालमा एक जना कोरोना सङ्क्रमित पुरुषको ज्यान गएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय पुरुषको गएराति ज्यान गएको अस्पतालका फोकल पर्सन डाक्टर सुदर्शन थापाले जानकारी दिनुभयो ।
भेन्टिलेटरमा उपचाररत उनलाई गएको सात गते भर्ना गरिएको थियो । उनमा श्वासप्रश्वास र उच्च रक्तचापको समस्या रहेको थियो । बुटवलको कोरोना विशेष अस्पतालमा ३६ घण्टाको अवधिमा तीन जना कोरोना सङ्क्रमितको ज्यान गइसकेको छ ।
योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक सय ८९ पुगेको छ ।
रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ ।