खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
इलाम – इलाममा अकबरे खुर्सानीमा रोग लागेपछि किसान चिन्तित भएका छन् । व्यावसायिक रुपमा खेती गरिएको अकबरे सखाप हुन थालेको छ । अकबरे खुर्सानीको डाँठ कुहिने र जरा ओइलाउने समस्या देखिएको छ ।
रोगका कारण यसपालि अकबरे खुर्सानीको उत्पादन र आम्दानी घट्ने इलाम नगरपालिकाका किसान डिल्ली चापागाईँले बताउनुभयो । गएको वर्ष अकबरे खुर्सानीबाट डेढ लाख रुपैयाँ कमाइ भएकोमा यसपालि ५० हजार रुपैयाँ मात्र हुने उहाँको अनुमान छ ।
'डाँठ कालो भएर कुहिने रोगले सबै सखाप पारेको छ', चापागाईँले भन्नुभयो, 'बढी पानी र हुस्सु परेकाले होला उत्पादन ह्वात्तै घटेको छ ।'
गएको वर्ष एक हजार बिरुवा लगाएकाेमा झण्डै डेढ/दुई सय बिरुवाले मात्र उत्पादन दिँदै गरेको चापागाईँको भनाइ छ ।
किसानले मौसम बदली भएर अकबरे मासिएको भने पनि प्राविधिक र विज्ञले भने नयाँ रोग भित्रिएको बताएका छन् ।
गएको फागुनमा आठ सय बिरुवा अकबरे खेती गर्नुभएका सूर्योदय नगरपालिका ९ का किसान एवं प्राविधिक खेमराज भट्टराईले सबै बोट कुहिएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।