सरकारले ल्याउन नसकेको रासायनिक मल व्यापारीले ल्याए

 भदौ १२, २०७७ शुक्रबार १६:५४:२८ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – धादिङमा रासायनिक मलको हाहाकार भएसँगै केही व्यापारीले रासायनिक मल ल्याएर वितरण गरेका छन् ।

सरकारी रासायनिक मल ल्याउने साल्ट ट्रेडिङ कम्पनी र नेपाल खाद्य संस्थानले ल्याउन नसकेको बेला व्यापारीहरुले भने मल ल्याएर विक्री गरेका छन् । कोरोना भाइरसको जोखिम भए पनि ठूलो सङ्ख्यामा किसान र व्यापारी जम्मा भएर मल विक्री गरेका छन् ।

गजुरी, आदमघाट, घाटबेसी, धादिङबेसी आदि क्षेत्रका व्यापारीहरुले १० ओटा सवारी साधनमा ल्याएर रासायनिक मल विक्री वितरण गरेका हुन् । निषेधाज्ञा लगाइएको बेलामा धेरै मानिसहरु भिडभाड गरेर मल वितरण गरिएको भए पनि वास्तविक पीडित किसानहरुसम्म रासायनिक मल नपुगेको किसानहको गुनासो छ ।

धादिङ जिल्लाका एक सिजनका लागि ३९ मेट्रिक टन रासायनिक मल आवश्यक पर्ने गर्दछ ।

अन्तिम अपडेट: चैत ६, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया