रामेछापको मन्थलीमा बहुला कुकुरले एकैदिन १४ जनालाई टोक्याे

 भदौ १३, २०७७ शनिबार १५:५१:५२ | दीपक भट्ट
unn.prixa.net

प्रतिकात्मक तस्बिर

रामेछाप – रामेछापको सदरमुकाम मन्थलीमा बहुला कुकुरको आतङ्क बढेको छ । आज मात्रै बहुला कुकुरले १४ जनालाई टोकेकाे छ ।

रेबिज रोग लागेको आशंका गरिएको कुकुरले टोकेका १४ जनामध्ये ४ जनालाई उपचारको लागि काठमाण्डौ पठाइएको छ भने अन्य १० जनाको मन्थलीको तामाकोशी अस्पताल, रामेछाप सामुदायिक अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले जानकारी दिनुभयो ।

यसअघि रेबिज रोग लागेको कुकुरले घरपालुवा पशुलाई टोक्दा ७ वटा पशु मरेका थिए । अहिले पनि मन्थली नगरपालिका क्षेत्रभित्र २२ वटा पशुहरुलाई रेबिज विरुद्धको खोप दिइरहेको मन्थली नगरपालिका पशु स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • रन्जित

    Aug. 29, 2020, 8 p.m.

    एउटा अनिबार्य खोपको डोज सामान्य हस्पिटलमा हुनपर्ने नभएर काठमाडौं पुग्न पर्ने त्यो पनि कोरोना को सिफारिश टेकु हस्पिटलमा । अनि 24 घन्टा भित्र लगाउन पर्छ भनेर रिफर गरेको हस्पिटलले शनिबार नलिने भनेर 4/5 घन्टा गेटमा उभिएर सोच्दा लाग्छ कठै देश ।। ढोकामा सरकार भएर गर्ने के????

  •  0 Reply

तपाईको प्रतिक्रिया