श्रीलङ्काको संसदमा वामपन्थी गठबन्धनलाई दुई तिहाइ
कात्तिक ३०, २०८१ शुक्रबार
बाग्लुङ - बाग्लुङमा छोरी जन्मिएको खुसीयालीमा भोज आयोजना गर्ने व्यक्ति नै कोरोना सङ्क्रमित भएपछि भोजमा संलग्न ७० जनाको परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ ।
लमजुङबाट आएका न्वारन गर्ने छोरीका बुबालाई नै सङ्क्रमण पुष्टि भएपछि गलुवाका ७० जनाको स्वाब सङ्कलन गरिएको बाग्लुङ नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
सङ्क्रमितले भदौ १ गते छोरीको न्वारनमा गाउँलेलाई समेत बोलाएर भोज खुवाएका थिए । भोजमा पाहुना, आफन्तलगायतबाट ७० जना क्लोज कन्ट्याक्टका रुपमा सहभागी भएको पाइएको छ ।
स्वाब दिनेमध्ये केहीलाई ज्वरो आउने तथा श्वासप्रश्वासमा समस्या हुने र घाँटी दुख्नेजस्ता समस्या देखिन थालेको छ । नगरपालिकाभरि भोलिसम्म निषेधाज्ञा लागू गरिएको छ ।
शहरमा प्रहरीले निषेधाज्ञामा केही कडाइ गरे पनि गाउँघरमा भने निषेधाज्ञा उल्लङ्घन धेरै मात्रामा हुने गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।