स्वास्थ्यकर्मीका लागि निःशुल्क बस सेवा सुरु

 भदौ १४, २०७७ आइतबार १६:०:३७ | रासस
unn.prixa.net

काठमाण्डौ – काठमाण्डाै उपत्यकाका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि निःशुल्क बस सेवा सुरु भएको छ ।

नेपाल मेडिकल एसाेसिएशन, रोटरी क्लब अफ काठमाण्डाै हेल्थ प्रोफेसनल, नेपाल नेशनल अस्पताल कलङ्की, नेपाल स्काउट र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल हिसानको सहकार्यमा अस्पतालमा कार्यरत कर्मचारी तथा डाक्टरको सहजताकाे लागि आइतबारदेखि निःशुल्क बस सेवा सुरु भएको हो । 

नेपाल नेशनल अस्पतालका मेडिकल निर्देशक डाक्टर प्रकाश पौड्यालले गाडीका कारण स्वास्थ्य प्रवाहमा बाधा नपुगोस् भन्ने उद्देश्यले निःशुल्क बस सेवा सुरु गरेको जानकारी दिनुभयो । बस बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म र बेलुका साढे ५ बजेदेखि साढे सात  बजेसम्म चल्नेछ ।   

बाँसबारीबाट सुरु हुने बस त्रिभुवन शिक्षण अस्पताल टिचिङ, कान्ति बाल अस्पताल, वीर अस्पताल, थापाथली अस्पताल हुँदै पाटन अस्पतालसम्म र अर्को बस पाटन अस्पतालदेखि सुरु भइ थापाथली, आँखा अस्पताल त्रिपुरेश्वर, वीर अस्पताल, कान्ति बाल अस्पताल, टिचिङ अस्पताल हुँदै बाँसबारीसम्म र अर्को बस चक्रपथ परिक्रमा गर्नेछ । 

अहिले  तीन वटा बसले सेवा दिए पनि स्वास्थ्यकर्मीको माग र आवश्यकतालाई हेरेर सेवा र समय बढाउँदै लैजाने एसाेसिएशनका कार्यकारी सदस्य डाक्टर रितेश थापाले जानकारी दिनुभयो । 

यस्तै उहाँले बस चढ्न कुनै समस्या परे ११४७ हटलाइन नम्बरमा फोन गर्न आग्रह गर्नुभएको छ । 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया