शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – निषेधाज्ञाको समयमा होम डेलिभरी सेवा दिने ई–कमर्स कम्पनीहरुले पालना गर्नुपर्ने मापदण्ड बनाउन समिति गठन भएको छ । होम डेलिभरीलाई व्यवस्थित गर्नका लागि काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा सरोकारवालासहित बसेको बैठकले समिति गठन गरेको हो ।
गएकाे बिहीबार प्रहरी प्रशासनले सामान डेलिभरीमा समस्या उत्पन्न गरेपछि नेपाल ई–कमर्स तथा अनलाइन डेलिभरी सेवा सञ्चालकहरुको साझा फोरमले सुरक्षा सावधानी अपनाएर सामान डेलिभरी गर्न पाउनुपर्ने माग राखेको थियो ।
बैठकले डेलिभरी प्रणालीमार्फत सेवा दिँदा अपनाउनु पर्ने मापदण्ड तत्कालै तयार गरी पेस गर्न काठमाण्डाैका सहायक प्रजिअकाे संयोजकत्वमा वाणिज्य विभाग, स्वास्थ्य कार्यालय र नेपाल प्रहरीको एक/एक जना अधिकृत प्रतिनिधिसहितको समिति गठन गर्ने निर्णय गरेको छ । समितिले ई–कमर्स कम्पनीको तर्फबाट राय सुझाव लिएर निर्णय गर्ने समितिका संयोजक एवं सहायक प्रजिअ जनकराज भट्टले बताउनुभयो ।
नेपाल ई–कमर्स तथा अनलाइन डेलिभरी सेवा सञ्चालकहरुको साझा फोरमका संयोजक सागर देव भट्टले होम डेलिभरीलाई बिहान ५ बजेदेखि बेलुकी ९ बजेसम्म निर्वाध सञ्चालन गर्न दिनुपर्ने र कर्मचारी घर कार्यालय आउन जान बाधा नपुर्याउन आग्रह गरेको बताउनुभयो ।
स्वास्थ्य सुरक्षा सावधानी अपनाएर गरिने होम डेलिभरी पसलहरुको भिडभाडभन्दा सुरक्षित हुने तर्क पठाओका सञ्चालक असिममान सिंह बस्न्यातले बैठकमा राख्नुभएको थियो । त्यस्तै ई–कमर्सले डिजिटल भुक्तानीलाई प्राथमिकता दिने भएकाले नगद कारोबार कम भइ कोरोना सङ्क्रमणको जोखिम कम हुने बस्न्यातको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।