पूर्वाधार विकास कार्यालय बाँकेका प्रमुख घुससहित मन्त्रालयको गेटबाटै पक्राउ

 भदौ १४, २०७७ आइतबार २१:६:३१ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – पूर्वाधार विकास कार्यालय बाँकेका प्रमुख मनिष अर्याल घुससहित पक्राउ परेका छन् ।

प्रदेश ५ अन्तर्गतकाे कार्यालयका प्रमुख अर्याल पाँच लाख ३० हजार घुस रकमसहित बुटवलकाे भौतिक पूर्वाधार विकास मन्त्रालयको गेटबाटै नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग कार्यालय बुटवलका प्रमुख डाक्टर भीष्मकुमार भुसालले जानकारी दिनुभयो ।
 
विभिन्न आयोजनाका निर्माण व्यवसायीबाट घुस लिएको रकमसहित नियन्त्रणमा लिइएको अख्तियार बुटवलले बताएको छ ।

प्रमुख अर्यालको ६६-१-०७६१ नम्बरको गाडीबाट पाँच लाख ३० हजार रुपैयाँ बरामद भएको हो । पक्राउ परेका अर्यालमाथि थप अनुसन्धान हुने अख्तियार प्रमुख भुसालले बताउनुभयो ।

अन्तिम अपडेट: चैत ११, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया