पर्सामा कोरोना सङ्क्रमणबाट थप दुई जनाको ज्यान गयो

 भदौ १६, २०७७ मंगलबार १०:४१:३५ | केसी लामिछाने
unn.prixa.net

पर्सा - वीरगञ्ज मा कोरोना सङ्क्रमणबाट थप दुई जनाको ज्यान गएको छ ।

नारायणी अस्पतालमा उपचार गराइरहेका पहिचान नखुलेका एक जना र बाराको कोल्भी नगरपालिकाका एक जनाको ज्यान गएको अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले बताउनु भयो ।

बेवारिसे अवस्थामा सडकमा भेटिएका अन्दाजी ६० वर्षका पुरुषलाई कोभिड एक्सन टिमका युवाहरुले शनिबार अस्पताल लगेका थिए । यस्तै अस्पतालमा छ दिनदेखि उपचार गराइरहेका बाराको कोल्भी नगरपालिकाका ६० वर्षीय पुरुषको बिहान ज्यान गएको छ । उनलाई मधुमेह र दमको समस्या रहेको अस्पतालले जनाएको छ ।

नारायणी अस्थायी कोभिड अस्पतालमा गएराति नै वीरगञ्ज महानगरपालिका वडा नम्बर २० का ५३ वर्षीय पुरुषको पनि ज्यान गएको थियो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया