विद्यार्थी र शिक्षकलाई ५०० रुपैयाँमा ३५ जीबी डाटा दिँदै टेलिकम

 भदौ १६, २०७७ मंगलबार १४:१:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोना महामारीको बेला अनलाइन माध्यममार्फत कक्षा सञ्चालनको लागि सस्तो मूल्यमा डाटा उपलब्ध गराउन नेपाल टेलिकम र निजी तथा आवासीय विद्यालय अर्गजाइजेशन नेपाल प्याब्सनबीच सम्झौता भएको छ । 

कम्पनी र विश्वविद्यालय अनुदान आयोगबीच भदौ ८ गते सम्झौता भएर देशभरका विश्वविद्यालय, आङ्गिक क्याम्पस तथा सामुदायिक क्याम्पसका शिक्षक, विद्यार्थी तथा अनुसन्धानकर्तालाई उपलब्ध गराइएको ‘ह्याप्पी लर्निङ प्याक’ मङ्गलबारदेखि विद्यालयस्तरका विद्यार्थी तथा शिक्षकका लागि पनि उपलब्ध गराउन प्याब्सनसँग सम्झौता भएको हो । 

यो प्याकेजका प्रयोगकर्ताले तीन सय १५ रुपैयाँमा २४ जीबी र पाँच सय रुपैयाँमा ३५ जीबी डाटा प्राप्त गर्न सक्ने छन् । २४ जीबी डाटा प्याकेजमा २० जीबी डाटा जुम (Zoom), माइक्रोसफ्ट टिम्स (Microsoft Teams) र गुगल मीट (Google Meet) मा ई–लर्निङ एप्लिकेशन प्रयोग गर्नका लागि र बाँकी चार जीबी डाटा अन्य कुनै पनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ ।

यसैगरी ३५ जीबी डाटा प्याकेजमा ३० जीबी डाटा जुम, माइक्रोसफ्ट टिम्स र गुगल मीटमा ई–लर्निङ एप्लिकेशन प्रयोग गर्नका लागि र बाँकी पाँच जीबी डाटा अन्य कुनै पनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ ।   

ह्याप्पी लर्निङ प्याक नेपाल टेलिकमले प्रदान गर्ने जीएसएम मोबाइल (टुजी, थ्रिजी र फोरजी) को डाटा सेवामार्फत आफूलाई उपयुक्त हुने कुनै पनि समयमा प्रयोग गर्न सकिने छ । यी दुवै प्याकेजको समयावधि २८ दिनको हुनेछ । 

सम्झौताअनुसार नेपाल टेलिकमको ‘ह्याप्पी लर्निङ प्याक’ प्रयोग गर्नका लागि प्याब्सनले सम्पूर्ण विद्यालयहरुलाई अनुरोधसहितको जानकारी पठाउने छ । जानकारी प्राप्त भएपछि विद्यालयहरुले प्याकेज प्रयोग गर्नका लागि आफ्ना विद्यार्थीहरुको मोबाइल नम्बरको सूची [email protected] मा इमेलमार्फत पठाउनु पर्नेछ । 

विद्यार्थीहरुले कलेजको सहायता विना नै आफै नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा गएर आवश्यक विवरण लेखी ह्याप्पी लर्निङ प्याक लिनका लागि दर्ता गर्न सक्ने छन् । 

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

8 Comments

  • Ram Kumar Chaudhary

    Sept. 20, 2020, 7:56 a.m.

    I want to buy this Happy learning pack

  •  0 Reply
  • Ram Kumar

    Sept. 20, 2020, 7:48 a.m.

    यो प्याक लिनै पाइएन। Happy learning pack लिनलाई के गर्नु पर्छ।

  •  0 Reply
  • Anil poudel

    Sept. 9, 2020, 9:30 a.m.

    Its good system. I need this package

  •  0 Reply
  • Surya Tamang

    Sept. 3, 2020, 2:27 p.m.

    For online class

  •  0 Reply
  • महेश क्षेत्री

    Sept. 2, 2020, 8:47 a.m.

    राम्रो प्याकेज लल्याउनु भएकोमा धन्यवाद।

  •  0 Reply
  • पदम बहादुर बिष्ट

    Sept. 2, 2020, 5:14 a.m.

    म अपाङ्ग राहत शिक्षक

  •  0 Reply
  • Abhisekh Dahal

    Sept. 1, 2020, 3:33 p.m.

    I want free mb for online classes from zoom so plz send me the link of that app

  •  0 Reply
  • Aashis Basnet

    Sept. 1, 2020, 3:22 p.m.

    I am secondary level student and i really appreciate your happy learning package which is really beneficial but fee days back i have taken 24GB(20GB+4GB(which already has been finished i.e 4GB is fully used.But remaining 20GB is not responding on Google meet too.Its about 20GB how can it be solved?How can i use it in E-apps(which your happy learning package mentions that it will be used in E-apps)?But i am unable of using it.Why? Please reply with some suggestions .

  •  0 Reply

तपाईको प्रतिक्रिया