६८ फर्मकाे जरिबाना ४० लाख रुपैयाँ

 भदौ १७, २०७७ बुधबार १३:५९:३८ | रासस
unn.prixa.net

काठमाण्डाै – वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनबाट ४० लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । विभागले यही भदौ १ देखि १५ गतेसम्म बजार अनुगमनका क्रममा अनैतिक क्रियाकलाप गर्ने पसललाई कारबाही स्वरुप जरिबाना गर्दा ४० लाख ३५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार यस अवधिमा ६८ फर्मलाई कारबाही गर्दा ४० लाख रुपैयाँभन्दा बढी रकम सङ्कलन भएको हो । उहाँका अनुसार यस अवधिमा दुई सय ७३ फर्म अनुगमन गरिएकाेमा १४ फर्म सामान्य अवस्थाका र एक सय ५६ फर्ममा सामान्य कैफियत देखिएकाेले तत्काल सुधार गर्न निर्देशन दिइएको छ ।

यसैगरी नौ फर्मबाट परीक्षणका लागि वस्तुको नमुना सङ्कलन लिइएको, २३ फर्मलाई स्पष्टीकरण सोधिएको, १६ फर्मको कारोबार रोक्का तथा सिल गरिएको थियो भने १५ हजार तीन सय ५७ बराबरका म्याद सकिएका सामग्री नष्ट गरिएको उहाँले जानकारी दिनुभयो ।

विभागको तथ्याङ्कानुसार अनुचित व्यापारिक क्रियाकलाप गर्ने अनलाइन पसलबाट तीन लाख, औषधि पसलबाट तीन लाख ९५ हजार, खाद्य तथा किराना पसलबाट पाँच लाख ८० हजार, गार्मेन्टबाट ५० हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । 

यसैगरी डिपार्टमेन्टल स्टोरबाट दुई लाख ६० हजार, तरकारी पसलबाट १० हजार, निर्माण सामग्रीबाट ५० हजार र पानी उद्योगबाट नौ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

पार्टी प्यालेसबाट तीन लाख, फलफुल पसलबाट ५५ हजार, मार्टबाट ७० हजार, मासु पसलबाट तीन लाख, मास्क उत्पादनबाट एक लाख ५० हजार, औषधि पसलबाट ५५ हजार र सर्जिकलबाट ५० हजार रुपैयाँ जरिबाना उठाइएको थियो ।

उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम अनुचित व्यापारिक कारोबार गर्ने पसललाई जरिबाना गरिएको विभागले जनाएको छ । काठमाण्डाै उपत्यकामा गरिएको निषेधाज्ञा र चाडपर्व नजिकिँदै गर्दा कालोबजारीमा वृद्धि हुने भएकाले विभागका दैनिक ६ टोलीले बजार अनुगमन गर्दै आएका छन् । 

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया