मानवीय कर्तव्य के हो भन्ने कुरा भुलेर गैरनेपाली तथा असामाजिक चरित्र प्रकट हुँदै गयो

 भदौ १७, २०७७ बुधबार १५:३८:२४ | डा. डम्बर चेम्जोङ

पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएका अथवा विदेशमा विभिन्न कामबाट फर्किएकाहरुलाई कोरोना लिएर आयो भनेर गाउँ समाजमा घृणाको नजरले हेर्ने प्रवृत्ति बनेको छ ।

यो हाम्रो समाजमा अहिले देखा परेको नयाँ चरित्र हो । यस्तो पहिले हुँदैन थियो । यस्तै खालको विपत्ति २०७२ सालको कुरा गर्ने हो भने पनि त्यतिबेला समाजले आफैं विकास गरेको सहयोग, सद्भाव, सौहार्दता, मानवीयताको चिरित्र स्पष्टसँग उजागर भएको थियो ।

संसारभर रहेका नेपाली, के खाडी–मलेसिया, के यूरोप–अमेरिका, के एसिया के अष्ट्रेलिया, अफ्रिका सबैले सहयोगका हात बढाएका थिए । आफ्नो देशलाई समस्यामा पर्दा सम्झिने र धेरथोर सहयोग गर्ने भनेको नेपालीले नै हो । तर त्यो जनसमूह अहिले विदेशमा हुँदाहुँदै अहिले अर्को किसिमको विपत्तिमा त्यो भन्दा फरक, उल्टो किसिमको चरित्र हाम्रो समाजहरुमा देखिइराखेको छ । 

कोरोना अर्थात कोभिड १९ बाहिरबाट विकसित भएर आयो । यो महामारीको परिभाषा र यसमा हाम्रो दैनिक जीवनको शैली यस्तो हुनुपर्छ उस्तो हुनुपर्छ भन्ने कुराले गर्दा यो बाह्य शक्तिको अथवा मूलतः भन्ने हो भने पूँजीवादी व्यवस्थाले एउटा व्यक्तिलाई कसरी सोच्छ र कसरी नियन्त्रण गर्न खोज्छ भन्ने बाहिरबाट आएको निर्देशन र बुझाइमा नेपाली समाज पनि प्रभावित भयो । एक किसिमको डर पैदा भयो । समाज भनेको के हो, समाजभित्र हामी सदस्य हुनुको नाताले मानवीय कर्तव्य के हो भन्ने कुरा भुलेर गैरनेपाली तथा असामाजिक चरित्र प्रकट हुँदै गयो । 

यो एकदमै दुःखको कुरा हो । हाम्रो गाउँसमाजले हैजा पनि बेहोरेकै हो । कुष्ठरोग, क्षयरोग, बिफर, एड्स पनि बेहोरेकै हो । यो भन्दा ठूलो संख्यामा मानवीय क्षति हुने रोगहरुलाई यसरी कहिल्यै लिइएको थिएन । हिजोको उत्पानद प्रणाली, सामाजिक संरचना र व्यवस्था धेरै हदसम्म मानवीय थियो ।

यसलाई हामीले फरक ढंगको सामाजिक सहकार्य, सामाजिक सौहार्दपुर्ण, सामाजिक मूल्य मान्यता र चेतनालाई कायम राख्नको लागि नागरिक समाज पनि अगाडि आएर काम गर्नुपर्ने हुन्छ ।

आज अत्यन्तै बजार  केन्द्रित र नाफा केन्द्रित समाज व्यवस्थामा हामी परिणत हुदै जाँदा यसरी अमानवीय हुँदै गयो । यस्तो बेलामा संरक्षण गर्नुपर्ने र वास्तविकता बुझाउनुपर्ने र मानिसलाई सामाजिक र मानवीय मूल्य मान्यतामा अडिक राख्ने जिम्मेवारी समाजको हो । त्यो समाज धरमरायो भने त्यसलाई पुनः बलियो बनाउने जिम्मेवारी राज्य संयन्त्रको हो ।  यस पक्षमा नेपालको स्थिति कमजोर देखियो । यसरी हेलाँ गर्ने र हेयको दृष्टिकोणले हेर्नु राम्रो कुरा हुँदै होइन ।

यसलाई हामीले फरक ढंगको सामाजिक सहकार्य, सामाजिक सौहार्दपुर्ण, सामाजिक मूल्य मान्यता र चेतनालाई कायम राख्नको लागि नागरिक समाज पनि अगाडि आएर काम गर्नुपर्ने हुन्छ ।

यस्तो विपत्ति आउँदै गर्छ । यसरी आउँदा हिजोको सांस्कृतिक, सामाजिक मूल्य गुमाउनु हुँदैन । हाम्रो सामाजिकता कायमै राख्नुपर्छ भनेर नागरिक समाज, मिडिया अगाडि आउला र यो प्रक्रियालाई राज्य  व्यवस्थाले सहयोग गर्ला, नयाँ खालको नीति पनि आउला भन्ने मलाई लाग्छ ।

कुनै व्यक्तिलाई परिवारलाई समाजले हेयको दृष्टिकोणले हेर्दा आत्महत्याको घटना पनि बढ्छ । मानिसले आफू समाजको सदस्य हुँ, म सामाजिक हुँ र पारिवारिक हुँ भन्ने कुराको चेतना क्रमशः कम हुँदै गयो भने उसले सामाजिक हुनुको हैसियत उबाट बिमुख हुँदै जान्छ । 

समाजले नै अपहेलना गरे मानिसले बाँच्नुको मूल्य नै छैन भन्ने ठान्छ

अहिले जुन किसिमको अवहेलाना र भेदभावको व्यवहार भइरहेको छ । त्यसले मानिसले मलाई समाजले अब आफ्नो मान्न छोड्यो भने बाँच्नुको मूल्य र जीवन अर्थको बोध कमजोर हुँदै जाँदा अन्त्यमा मानिस आत्महत्याको बाटो अंगाल्न खोज्छ । 

तर समाजले नै त्यसो गर्यो भने हामीसँग अर्को उपाय पनि छैन । यो हाम्रो समाज आफैंले विकसित गरेको चरित्र होइन । अर्थ राजनीतिक दृष्टिकोणबाट बाहिरी प्रभावमा आएको हो । यो पूँजीवादी उत्पाद प्रणाली, बजार व्यवस्था र यसभित्रको उपभोक्ता प्रणालीले गर्दा यस्तो भयो । यो समग्र कुरा अहिले तुरुन्तै परिवर्तन गर्न सकिंदैन । 

मैले उत्पादन प्रणाली भनेर आर्थिक पक्षको कुरा किन गरिरहेको भने, समग्रमा देशमा सबैभन्दा बढी विप्रेषण भित्रिने भनेको खाडी देशबाटै हो । भारत नै पनि हो । तर हामी व्यक्तिपरकतामा बढी गयौं । व्यक्तिपरकताका भनेको व्यक्तिलाई केन्द्रमा राखेर हेर्नु हो । यसअनुसार त खाडीबाट प्रति व्यक्ति आउने विप्रेषण कम होला, भारतमा पनि प्रति व्यक्ति झनै कम होला । 

माजले नै त्यसो गर्यो भने हामीसँग अर्को उपाय पनि छैन । यो हाम्रो समाज आफैंले विकसित गरेको चरित्र होइन । अर्थ राजनीतिक दृष्टिकोणबाट बाहिरी प्रभावमा आएको हो ।

व्यक्तिलाई एउटा समग्र सामाजिक सन्दर्भमा राखेर हेर्ने हो भने त खाडी त देशलाई रोजगारी दिने र विप्रेषण पठाउने महत्वपूर्ण क्षेत्र हो नि । तर हामी कम सामाजिक र बढी व्यक्ति केन्द्रित हुँदै गयौं । यसले हाम्रो सामाजिक मूल्य मान्यता र सामाजिकता हुने कुरा, सामूहिकतामा बाँच्ने जस्ता भावनालाई कमजोर बनाउँदै जान्छ ।

पहिले भूकम्प, बाढी पहिरोजस्ता विपत्तिको सामना गर्न जसरी आफैं अगाडि बढ्थ्यौँ, विभिन्न संघसंस्थाहरु राहत बोकेर सहयोगको लागि जान्थे त्यस्तो कुरालाई अहिलेको समस्याले रोकिराखेको छ । मलाई लाग्छ, यो महामारी लामो समय जाँदैन । गयो भने पनि आफैं भित्रबाट हाम्रो जुन मौलिक, सामाजिक, मानवीय मान्यतालाई कायम राख्नुपर्छ । अहिले त्यो एकढंगले निलम्बित भएको हो कि जस्तो देखिन्छ । त्यो हामीमा बुझाइको कमी र ज्ञानको कमीले हो । 

तर यसबाट बच्ने उपायहरु पनि छन् । जस्तो नेपालभन्दा धेरै जनसंख्या भएको सहर हङकङलाई नै हेर्ने हो भने त्यहाँ काम यथावत छ । केही हिसाबले अलिकति घटाउँछ तर सङ्क्रमितको संख्या घट्यो भने फेरि काम बढाउँछ ।

तर त्योभित्र पनि बच्ने उपाय के हो, त्यहाँ भौतिक दूरीलाई कसरी अपनाउने, आफ्नो दैनिक व्यवहारमा त्यसबाट बच्ने उपायहरु कसरी अपनाउने भन्ने मुख्य कुरा हो । आफ्नो बानी व्यवहारलाई पनि परिवर्तन गर्नुपर्छ ।

हाम्रो मौलिक सामाजिक मूल्य मान्यता र चरित्र छ, त्यो थोरै  समयको लागि निलम्बन भए पनि, उल्टो दिशामा गएको जस्तो देखिए पनि यो फेरि फर्किन्छ र जागरुक हुन्छ भन्ने मलाई लाग्छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

डा. डम्बर चेम्जोङ

डा. डम्बर चेम्जोङ मानवशास्त्री हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया