मेलम्चीको पाइप फुटेपछि काठमाण्डौको बबरमहल जलमग्न
माघ ३०, २०८१ बुधबार
काठमाण्डौ – हिमालय एअरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गरेको छ । सेप्टेम्बर १ तारिखदेखि सरकारको अनुमतिअनुसार सहजै पीसीआर रिपोर्ट पाइने गन्तव्य छोङछिङ, क्वालालम्पुर र आबुधाबीको लागि हिमालय एअरलाइन्सले भाडादर सार्वजनिक गरेको छ ।
यस्तै नियमित उडानको लागि भाडादर सार्वजनिक भएको छ । विदेशमा अलपत्र रहेका नेपालीहरुलाई स्वदेश फिर्ता ल्याउन उद्घार उडानको लागि सरकारद्वारा स्वीकृत भाडादर लागू गरिएको र भाडादर कर र एजेन्सी कमिसनसहितको भएको हिमालय एअरलाइन्सले जनाएको छ ।
यात्रुहरुलाई प्रकाशित भाडामात्र तिर्न तथा कसैबाट कुनै प्रकारको अतिरिक्त भाडाको माग भएको अवस्थामा तुरुन्त एअरलाइन्सलाई जानकारी गराउन कम्पनीले अनुरोध गरेको छ ।
'कोभिड–१९ राेकथामका लागि सामूहिक लडाइँमा हिमालय एअरलाइन्सले विभिन्न क्रियाकलाप, जस्तै :- नागरिकहरुको स्वदेश फिर्ता, कोभिड, स्वास्थ्य उपकरण तथा औषधिको ढुवानी गरी नागरिक र सरकारलाई सहयोग गरेको छ । आफ्ना अमूल्य यात्रुहरुलाई सेवा प्रदान गर्ने क्रममा सरकारको निर्देशन पालना गर्दै उडान भाडादर उपयुक्त राख्ने निरन्तर प्रयास रहनेछ', हिमालय एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले भन्नुभयो ।
यस्ताे छ नियमित उडानकाे भाडादर–
यस्ताे छ उद्धार उडानकाे भाडादर–
अहिलेसम्म हिमालय एअरलाइन्सले ९४ वटा उद्धार उडानमार्फत १५ हजार ६ सय ३५ यात्रुलाई नेपाल फिर्ता ल्याएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Sunita Rai karki
Sept. 22, 2020, 2:51 p.m.कुवेतवाट भन्दा १२६ के डी भनेर तोक्ने. तर यहाँको ट्राभेल एजेन्सीले २२० लियो ....यो पनि लिएन भने टिकट नपाइने डर ..खै त कारवाही ?
kamal Karki
Sept. 7, 2020, 4:10 a.m.कहाँ गर्नुपर्ने हाे।सुचना खबर दिनुस्
Ravi
Sept. 5, 2020, 1:02 p.m.लुट्न लुटेछ हिमालयन र नेपाल एयरलाइन्सले ...कसलाई हो भन्ने यो टिकटको बारेमा ..सबैलाई थाहा छ यो सस्तो क्याटोगरी एम के एल जी भि को टिकट पाइंदैन, महँगो टिकट मात्र बाँकी छ, अरु फुल भयो भन्छन / यो कम्प्लेन नेपाल सरकार सम्म पुगोस /
प्रबिण जलारी
Sept. 3, 2020, 11:56 p.m.मैले नेपाली दूतावास अनूसार अनलाईन फर्म भरि नाम निकाले र टिकट काट्न अबूधबि यू ए ई ग्रीनलाईन ट्राभलमा गए जूनको 21 तारिक । १४२० दिराममा अगस्ट २९ को लागी टिकट काटे र २ महिना कूरेर बसे जब जाने बेला भयो तब टिकट क्यान्सिल भयो भन्नूभयो । किन भनेर सोध्धा खेरी नर्मल फ्लाईट खूलेको भएर भन्नू भयो त्यसपछि म फेरी टिकट काट्न सेप्टेम्बर २ तारिक गए तर टिकट को मूल्य २४५० भन्नूभयो म सँग पैसा नभएकोले टिकट नलिकन फर्किए
Milan SHRESTHA
Sept. 3, 2020, 9:35 p.m.नमस्ते हाल युएई को अबुधावी मा कार्यरत छु र अहिले घर आउनको लागी 11sectmber को टिकट बुकिङ छ हिमालय एरलाइन् को र अहिले जुन भाडा तोकिएको छ 23२० हामी लाई . 2500 को रेट ले टिकट काटेको छ