जुम्लाका प्रमुख जिल्ला अधिकारीलाई कोरोना सङ्क्रमण

 भदौ १८, २०७७ बिहिबार २०:२६:२३ | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्लाका प्रमुख जिल्ला अधिकारी  भुपेन्द्र थापामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रमुख जिल्ला अधिकारी थापाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्वाब परीक्षण भएकाे र नतिजा पोजेटिभ आएको उहाँले बताउनु भएको छ ।   कोरोना रोकथामका लागि अग्रमोर्चामा खटिनुभएका थापा आफैं सङ्क्रमित भएपछि आइसोलेशनमा बसेको भन्दै उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराउनुभएको छ ।

उहाँले आफू सङक्रमित  भएपछि आइसोलेशनमा रहेको र कार्यालयको कामको लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई फोन नम्बर ९८५८३२०३८० मा सम्पर्क गर्न अनुरोध गर्नुभएको छ । साथै उहाँले आफू चाँडै सेवामा फर्किने आशा पनि व्यक्त गर्नुभएको छ । 

थापा दैनिक बैठक, कोरोना सङ्क्रमितसँग भेट र आइसोलेशन व्यवस्थापन गर्न गाउँ गाउँ पुग्नुभएको थियो ।

प्रजिअ थापासहित ६ जनाको नतिजा पोजेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक डा. मंगल रावलले जानकारी दिनुभयो । उहाँका अनुसार चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालको पनि त्यहीसँगै स्वाब परीक्षण गरिएको र उहाँको नतिजा भने नेगेटिभ आएको छ ।

एक दिनअघि मात्रै जिल्लाको कारागारका कैदीबन्दी सहित ३९ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया