खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको यस वर्ष भोटो जात्रा नहुने भएको छ ।
बुगद्यः जात्रा व्यवस्थापन कार्यदल १९ औँ जातीय खलः पुचःका संयोजक चन्द्र महर्जनले कोभिड महामारीका कारण देशमा दिनानुदिन कोरोना सङ्क्रमित थपिँदै गएकाले जोखिम कम गर्न आज करुणामयको क्षमापूजा गरिने, भदौ २१ गते सोह्रखुट्टे पाटीसम्म रथ तान्ने र छवयलाबु गर्ने, २२ गते भुज्याय मनाउने तथा साइत हेर्ने र सम्भवतः २६ गते यदि साइत प्राप्त भएमा रातो मच्छिन्द्रनाथलाई बुङ्मती प्रस्थान गराउने जानकारी गराउनुभयो ।
मच्छिन्द्रनाथ जात्राका विधि प्रकृया अहिले रथ भएको ठाउँमा सम्पन्न गर्ने र पछिल्ला वर्षमा विगतका वर्ष झैं जात्रा सुसम्पन्न गरिनेछ । महर्जनले बिहीबार कुनै आधिकारिकता बेगर असम्बन्धित समूहबाट मच्छिन्द्रनाथको रथ तान्ने प्रयास भएको र स्थिति अराजक बनेकोप्रति भर्त्सना गर्नुभएको छ ।
यही भदौ ११ गते ज्यापू समाज यलमा रथसँगसम्बन्धित सरोकारवालाको विशेष बैठक बसेर मलमास अगावै जात्रा सम्पन्न गर्ने, गुठी संस्थानको प्रधान कार्यालयका विज्ञसँग परामर्श गरी आएको निचोडमाथि जातीय खलः पुचहरुले सम्बन्धित सबैको उपस्थितिमा हुने बैठकबाट पारित गर्ने र त्यही अनुसार रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न गर्ने भद्र सहमति भएको थियो ।
आर्यावलोकितेश्वरलाई गएकाे साउन १० गते पुल्चोकमा निर्माण सम्पन्न भएको रथमा विराजमान गराइएको थियो । हरेक वर्ष करुणामयलाई रथमा विराजमान गराइएको चार दिनमा पुल्चोकबाट तानेर गाःबहाल अनि मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्याएर भोटो जात्रा गर्ने गरिन्थ्यो । यस वर्ष भने महामारीका कारण भोटोजात्रा नगरिने भएको हो ।
विसं ८०० मा राजा वरदेवले पुल्चोकमा रथ बनाउन लगाएका थिए । मच्छिन्द्रनाथ नेपाल आएका ८४ वर्षपछि रथ बनाउन शुरु गरिएको थियो । किंवदन्तीअनुसार एकपटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोंकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए ।
यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएका थिए ।
सहमतिमा निकास निकाल्न आग्रह
नेपाल आदिवासी जनजाति महासङ्घले रातो ललितपुरकाे मच्छिन्द्रनाथको रथ तान्न खोज्नेलाई प्रहरीले दमन गरेको भन्दै सहमतिका आधारमा निकास निकाल्न आग्रह गरेको छ । महासङ्घले आज विज्ञप्ति जारी गरी तत्काल अधिकारवाला सम्पूर्ण पक्षसँग अर्थपूर्ण छलफलसहितको सहमतिमा निकास निकाल्न पनि अनुरोध गरेको छ ।
मच्छिन्द्रनाथको रथ राखिएको पुल्चोक क्षेत्रमा भेला भएका स्थानीयवासीलाई प्रहरीले निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै बल प्रयोग गरेपछि बिहीबार दिनभर स्थिति तनावग्रस्त भएको थियो । स्थिति काबुमा राख्न शुक्रबार ललितपुरको चक्रपथ क्षेत्रभित्र कर्फ्यु लगाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।