एसईई विद्यार्थीका लागि एनसेलको विशेष अफर ‘पहिलो सिम’

 भदौ २०, २०७७ शनिबार ६:४४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राईभेट लिमिटेड) ले २०७६ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीहरुका लागि विशेष अफर ‘पहिलो सिम’ ल्याएको छ । यो योजनामा एसईईका विद्यार्थीले मात्र एक रुपैयाँमा प्रिपेड सिमको खरिदका साथै निःशुल्क माइफाइभ सेवा र बोनस डेटाको फाइदा लिन सक्ने एनसेलले जनाएको छ । 

यो योजना बिहीबार (भदौ १८) देखि लागू भएको छ ।  पहिलो सिम लिनका लागि विद्यार्थीको एसईई परीक्षा प्रवेश पत्र, नागरिकता वा आफ्नो आमा वा बुवाको नागरिकताको फोटोकपी र एक प्रति फोटो आवश्यक पर्दछ । यो सिम विद्यार्थीले आफूलाई पायक पर्ने एनसेल सेन्टरबाट लिन सक्ने एनसेलले जनाएको छ ।

सिम लिएपछि निःशुल्क माइफाइभ सेवाका लागि आफूलाई सधै सम्पर्कमा रही रहनुपर्ने पाँच वटा एनसेलहरु सजिलैसँग माइफाइभ समूहमा सेट गर्न सकिन्छ । नम्बरहरु माइफाइभ समूहमा राखेपछि विद्यार्थीहरुले पहिलो ३० दिनसम्म ती नम्बरहरुमा निःशुल्क कुराकानी गर्न सक्छन् । ३० दिनपछि पनि विद्यार्थीहरुले ती नम्बरहरुमा मात्र ९९ पैसा प्रति मिनेटमा बाँकी ११ महिनासम्म कुराकानी गर्न सक्छन् ।

विद्यार्थीहरुले एस्ट्रिक्स ५५४४ ह्यास  डायल गरी प्राप्त निर्देशन अनुसार आफू सधैं सम्पर्कमा रहनुपर्ने पाँच वटा एनसेल नम्बरलाई माइफाइभ समूहमा राख्न सक्छन् । माइफाइभ सेवाको समूहमा ५ वटा नम्बर राखिसकेपछि त्यसमा रहेका कुनै नम्बर हटाई अर्को नम्बर समावेश गर्नुपर्ने भएमा प्रत्येक परिवर्तनको कर बाहेक ५ रुपैयाँ शुल्क लाग्नेछ ।

पहिलो सिम सञ्चालन गरेपछि सञ्चालन गरेको पहिलो दिनको मध्यरात सम्ममा एकसय रुपैयाँ वा सो भन्दा माथिको रिचार्जमा ग्राहकले ३० दिन सम्म हरेक दिन एकसय एमबी डाटा बोनसको रुपमा प्राप्त गर्दछन् । यसका साथै, यस सिमको मुख्य ब्यालेन्सबाट गरिएको हरेक एकसय रुपैयाँ बराबरको खर्चमा ग्राहकले तीन दिनको समयसीमा रहेको तीन सय एमबी (एक सय एमबी अल नेटवर्क र दुई सय एमबी फोरजी डाटा) बोनस डाटा प्राप्त गर्न सक्ने एनसेलले जनाएको छ । पहिलो सिम अन्तर्गतको यो ब्यालेन्स खर्चमा बोनस सुविधा १२ महिनाको लागि रहनेछ । 

विद्यार्थीले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी डेटा प्याक तथा एस्ट्रिक्स १७११८ ह्यास डायल गरी भ्वाइस प्याक खरिद गर्न सक्नेछन् । त्यस्तै, म्यूजिक र गेमिङ् प्याकको लागि पनि विभिन्न अप्सनहरु रहेका छन् । ग्राहकले एस्ट्रिक्स १७१०३ ह्यास डायल गरी आफ्नो आवश्यकता अनुसारको प्याक खरिद गर्न सक्ने एनसेलले जनाएको छ । 

विगत चार वर्षदेखि हरेक वर्ष एनसेल आजियाटाले यो अफर एसईई विद्यार्थीका लागि प्रदान गर्दै आएको छ । यो योजना सञ्चालन भएको दिन देखि ९० दिनको लागि मान्य रहने एनसेलले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया