खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
भक्तपुर - भक्तपुरमा रगतको अभाव नरहेको नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले जनाएको छ । रेडक्रस शाखाले सञ्चालन गरेको रक्त-सञ्चार केन्द्रमा रगतको अभाव भएको छैन ।
काठमाण्डौ उपत्यकासहित काभ्रेपलाञ्चोकसम्मका बिरामीलाई समेत आवश्यक रगत वितरण गर्दै आएको सोसाइटी भक्तपुर शाखाका सभापति मनोजकुमार थापाले जानकारी दिनुभयो ।
कोरोना भाइरस सङ्क्रमणको जोखिम र लकडाउनका कारण रक्तदान कार्यक्रम कम हुँदा रगतको अभाव भएको हो । रक्तदानका कार्यक्रम कमी हुँदा र रक्तदातासमेत घटेको अवस्थामा बिरामीले सहज रगत नपाउने गरी केही दिन समस्या देखिए पनि अहिले रगत अभाव नरहेको जानकारी थापाले जानकारी दिनुभयो ।
शाखाले रक्तदान गर्न आह्वान गर्दै टोलटोलमा रक्तदान कार्यक्रम गर्न थालेपछि रगत सङ्कलन पर्याप्त भएकाले रगतको अभाव नभएको उहाँको भनाइ छ । ‘हिजो ३५० पिन्ट रगत संकलन भएको छ’ उहाँले भन्नुभयो,‘रगत चाहिए भक्तपुर आउनुस् ।’
काठमाण्डौको बाफलमा पनि रक्तदान
काठमाण्डौको बाफलमा रक्तदान गरिएको छ । लायन्स क्लब अफ काठमाण्डौ र सलफाट सामुदायिक विकास केन्द्रको सहयोगमा भएको रक्तदानमा ३० भन्दा बढी व्यक्तिले रगत दान गरेका क्लबका अध्यक्ष दिपक वंशलले जानकारी दिनुभयो । कोरोनाका कारण काठमाण्डौ उपत्यकासहित देशभर रगत अभाव छ ।
नेपाल रेडक्रस सोसाइटीले रक्तदान गर्न आह्वान गर्दै आएको छ । एक महिना पहिले लायन्स क्लब अफ काठमाण्डौले ललितपुरको सानेपामा अक्सिजन बैंक स्थापना गरेको थियो । दुई सय सिलिण्डरसहित ‘अक्सिजन बैंक’ स्थापना गरेको क्लबले अक्सिजनको कमीले श्वासप्रश्वासमा समस्या परेका व्यक्तिलाई निःशुल्क अक्सिजन सिलिण्डर सहयोग गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।