स्याङ्जाका २२ जनासहित गण्डकी प्रदेशमा थपिए ६९ काेराेना सङ्क्रमित

 भदौ २१, २०७७ आइतबार ११:७:३१ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - गण्डकी प्रदेशमा थप ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार बिहान विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार स्याङ्जाका २२ जना, कास्कीका २० जना, नवलपरासी सुस्तापूर्वका १३ जना, तनहुँका ७ जना, बाग्लुङका ३ जना, लमजुङ र गोरखाका दुई/दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

सङ्क्रमितमध्ये २ जना स्वास्थ्यकर्मी छन् भने २ जना फाइनान्समा काम गर्ने कर्मचारी रहेका छन् । सङ्क्रमितमध्ये एक हजार सात सय ६६ जना निको भएका छन् भने १८ जनाको ज्यान गएको छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया