१६ किलो अफिम सहित तीन जना पक्राउ

 भदौ २१, २०७७ आइतबार १७:२२:९ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – १६ किलो अवैध लागुऔषध अफिम सहित रुकुम पश्चिममा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर ९ का ३७ वर्षीय प्रेमबहादुर सिंह, ४० वर्षीय मानबहादुर सिंह र ३२ वर्षीय तपबहादुर सिंह रहेको प्रहरीले जनाएको छ ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा लागुऔषध कारोबार भैरहेको सूचनाका आधारमा आठबीसकोट नगरपालिकाको वडा नम्बर ५ जलिगाडमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरुका साथबाट १६ किलो अफिम भेटिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताउनुभयो । यसबारे थप अनुसन्धान भैरहेको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया